२०८२ बैशाख ६ गते, शनिबार ०२:२५

२९ मंसिर, काठमाडौं। कीर्तिपुरमा जारी एनपीएलमा शनिबार लिगकै बलियो मध्येका एक टोली जनकपुर बोल्टस् पराजित भयो ।

एक खेल बाँकी रहँदै १० अंक सहित प्लेअफमा स्थान बनाइसकेको जनकपुरलाई हराउने टीम थियो, कुशल मल्ल कप्तानीको चितवन राइनोज् ।

पछिल्ला दुई खेल लगातार हारेर प्लेअफबाटै बाहिरिने खतरामा पुगेको थियो, चितवन । त्यसैले जित्नैपर्ने दबावसहित चितवन मैदानमा उत्रिएको थियो ।

नभन्दै टसले पनि चितवनलाई नै साथ दियो । टस जितेपछि कप्तान मल्लले पहिले ब्याटिङ रोजे । अघिल्ला ६ खेलमा औसत खेलिरहेका कप्तान मल्लसँग बलियो टीमविरुद्ध उत्कृष्ट प्रदर्शन देखाउनुपर्ने दबाव थियो ।

यो दबावमा पनि मल्ल सफल रहे ।

कप्तान मल्ल र रवि बोपरा

शनिबारको भरिभराउ कीर्तिपुर मैदानमा मल्लले ४१ बल सामना गर्दै ७ छक्का र तीन चौका प्रहार गर्दै ७२ रन जोडे । कप्तान मल्लसँग इंग्लिस क्रिकेटर रवि बोपराले ११३ रनको फराकिलो साझेदारी गरे । बोपराले ४४ रन जोड्दा जनकपुरले १८१ रनको लक्ष्य पाएको थियो ।

तर चितवनलाई १४८ रनमै अलअलाउट गर्ने क्रममा मल्लले दुई विकेट लिए । यसरी अलराउण्ड खेल्दै मल्लले चितवनलाई प्लेअफ नजिक पु¥याए । अन्तिम खेल जित्दै ८ अंक जोडेको चितवन तेस्रो स्थानमा छ ।

यो खेलको प्लेअर अफ दी म्याच मल्ल लिगमै धेरै रन जोड्ने तेस्रो ब्याट्सम्यान बनेका छन् । ७ खेलबाट मल्लले २०२ रन जोडेका छन् । शीर्ष स्थानमा रहेका रोहितकुमार पौडेलले २७९ रन र दोस्रो स्थानमा रहेका चितवनकै रवि बोपराले २३३ रन जोडेका छन् ।

बलिङ तर्फ पनि ८ विकेट लिएर मल्ल धेरै विकेट लिनेहरुको माथिल्लो लहरमै छन् । धेरै विकेट लिने शीर्ष स्थानमा रहेका जनकपुरका ललितनारायण राजवंशीले १३ विकेट लिएका छन् ।

हेर्नुहोस् जनकपुर भर्सेस चितवनका केही तस्वीरहरू : 

 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्