१८ मंसिर, काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय चितवन लगिएको छ ।
लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट भर्खरै सरकारी वकिलको कार्यालयमा पठाइएको चितवनका एसपी गौतम मिश्रले जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई मंगलबार बिहान मात्रै काठमाडौंबाट बयानका लागि चितवन लगिएको थियो ।
साहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा यही मङ्सिर ५ गते रविसहित १० जनाविरुद्ध पूरक जाहेरी दर्ता भएको थियो ।
काठमाडौंबाट पक्राउ गरेर कास्की पुर्यााइएका लामिछानेलाई यसअघि रुपन्देही र काठमाडौंमा लगेर बयान लिइएको थियो ।
यसअघि पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई पनि चितवन लगेर बयान गराइएको थियो ।