१७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मतान्तर बढाउँदै लगेको छ । निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार यहाँ रास्वपा उम्मेदवार रोजिना श्रेष्ठले १ हजार ३ सय ५ मत प्राप्त गरेकी छिन् ।
उनलाई नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र पाठकले पछ्याइरहेका छन् । पाठकले १ हजार १ सय १० मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार लक्ष्मीरत्न तुलाधार ८ सय ४५ मतसहित तेस्रो स्थानमा छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार श्याम कृष्ण श्रेष्ठ ५ सय ८६ मतसहित चौथो स्थानमा छन् ।
०७९ को निर्वाचनमा यहाँ कांग्रेसले जितेको थियो । कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधनपछि यहाँ उपनिर्वाचन भएको हो ।