काठमाडौं ।रौतहटको गुजरा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष राजजीत चौधरी बाघको आक्रमणबाट घाईते भएका छन् ।
चौधरीको बीरगंज स्थित नेपाल मेडिसिटी बयोध्या अस्पतालमा उपचार भईरहेको छ । उपचार गराईरहेका वडा अध्यक्ष चौधरीलाई भेटेर आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले स्वास्थ्य लाभको कामना गरेका छन् ।
वडा अध्यक्ष चौधरीका छोरी मधु चौधरीका अनुसार शनिबार बाघले आक्रमण गरेको थियो । हात, टाउँको सहित शरिरको बिभिन्न अंगमा बाघले आक्रमण गरेपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको हो ।
सुरुमा स्थानीय बौराही चौधरीलाई बाघले आक्रमण गरेको थियो । बौराहीले गुहार माग्दै अस्पतालसम्म जान वडा अध्यक्ष चौधरीसंग एम्बुलेन्स माग गरेका थिए । बौराहीका छोराले अस्पताल पुर्याइदिन भनेपछि अस्पतालको व्यवस्था गरेर उनलाई अस्पताल पुर्याइएको थियो ।
त्यसपछि वडा अध्यक्ष अन्य केही व्यक्तिहरुलाई लिएर सो क्षेत्रमा अनुगमनका लागि पुगेको छोरी मधुले जनाएकी छन् । अनुगमन गर्ने क्रममा वडा अध्यक्षलाई पुन बाघले आक्रमण गरेपछि उनी घाईते भएका थिए ।