Thursday, November 28, 2024
घरसमाचार‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट तीन जना पुरस्कृत

‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट तीन जना पुरस्कृत

काठमाडौँ । भाषा विज्ञान नेपालको ४५औँ अन्तर्राष्ट्रिय सम्मेलनमा तीन जना विद्यार्थीहरू ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत हुनुभएको छ । 

दर्शनाचार्य–विद्यावारिधि (एमफिल–पिएचडी)मा अध्ययनरत युवा भाषा वैज्ञानिकहरू मोहन गुरुङ, सिर्जना घिमिरे र नेह गर्ग ‘युवा भाषा वैज्ञानिक पुरस्कार–२०८१’को अवार्डबाट पुरस्कृत हुनुभएको हो । 

गुरुङ र घिमिरे त्रिभुवन विश्वविद्यालय, भाषा विज्ञान केन्द्रीय विभाग र गर्ग बनारस हिन्दु विश्वविद्यालयका विद्यार्थी हुनुहुन्छ ।

यही मङ्सिर ११ र १२ गते काठमाडौँमा सम्पन्न सम्मेलनमा अनुसन्धान लेखन र प्रस्तुतीकरणको आधारमा उहाँहरूलाई नगद रू १० हजार, प्रमाणपत्र र अवार्डबाट पुरस्कृत गरिएको हो । 

‘गण्डकी क्षेत्रको ठाडो भाका: समाज भाषिक अध्ययन’ विषयको अनुसन्धान लेखन एवम् प्रस्तुतीकरणको आधारमा गुरुङले अवार्ड प्राप्त गर्नुभएको हो । 

त्यस्तै ‘बहुभाषिक कक्षाकोठा सिकाइमा कठिनाइ’ विषयबाट घिमिरेले र ‘मैथिलीका शाब्दिक, रूपात्मक तथा वर्णनात्मक प्रेरणार्थक सङ्केतनः तुलनात्मक अध्ययन’ विषयबाट खोज, लेखन र प्रस्तुतीकरणको आधारमा गर्गले अवार्ड पाउनुभएको त्रिभुवन विश्वविद्यालय, भाषा विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक एवं कार्यक्रम आयोजक भाषा विज्ञान समाज नेपालका महासचिव डा तारामणी राईले बताउनुभयो ।

हरेक वर्षको अङ्ग्रेजी महिना डिसेम्बर २६ र २७ गते आयोजना गरिने सम्मेलनमा नेपालका दुईजना र नेपाल बाहिरका एकजना भाषा वैज्ञानिकले यो अवार्ड पाउने गरेका छन् । यो अवार्ड नेपालको भाषाबारे अध्ययन, अनुसन्धान र लेखनका लागेका भाषा वैज्ञानिकहरुले पाउने गरेको महासचिव डा राईले बताउनुभयो ।   

डा समर सिन्हा (सिक्किम विश्वविद्यालयका प्रोफेसर), डा दानराज रेग्मी र डा भिमलाल गौतम ९त्रिभुवन विश्वविद्यालय० रहेको मूल्याङ्कन समितिको सिफारिसका आधार अवार्ड वितरण गरेको हो । 

सम्मेलनमा अमेरिका, अष्ट्रेलिया, भारत, जर्मनी, साउदी अरब, पोल्याण्ड, बेलायत लगायत १० देशका भाषा वैज्ञानिकहरूको सहभागिता रहेको महासचिव डा राईले बताउनुभयो । 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -