फाइल तस्वीर
१२ मंसिर, काठमाडौं । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बारे दुई दलका बीचमा सहमति जुटाउन नेपाली कांग्रेसका नेताहरूसहितको छलफल बालुवाटारमा जारी छ ।
स्रोतका अनुसार बुधबार साँझ साढे ७ बजेदेखि एमाले र कांग्रेसका नेताहरू छलफलमा जुटेका हुन् ।
छलफलमा कांग्रेसको तर्फबाट परराष्ट्रमन्त्री आरजु राणा देउवा, नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन कुमार थापा बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेलामा बीआरआईले चर्चा पाएको छ । बीआरआईमा सतप्रतिशत अनुदान लिने भएमात्रै कार्यान्वयनको चरणमा जानुपर्ने पक्षमा कांग्रेस छ ।