Wednesday, November 27, 2024
घरसमाचारटप १० ब्रोकरमध्ये ६ मार्फत खरिद धेरै, यस्तो छ किनबेच

टप १० ब्रोकरमध्ये ६ मार्फत खरिद धेरै, यस्तो छ किनबेच

१२ मंसिर, काठमाडौं । बुधबार सेयर बजारमा ९ अर्ब ३१ करोडको कारोबार भयो ।

यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३२.६ प्रतिशत हो । यस दिन टप १० ब्रोकर कम्पनीमार्फत कुल ३ अर्ब १० करोड रुपैयाँको खरिद हुँदा २ अर्ब ९७ करोड रुपैयाँको बिक्री भयो ।

टप १० ब्रोकर कम्पनीमध्ये ६ मार्फत खरिद धेरै तथा ४ मार्फत बिक्री धेरै भएको छ । इम्पेरियल, अनलाइन, भिजन, सनी, आर्यतारा र दिपशिखामार्फत खरिद धेरै भएको छ । नासा, लिन्च, एबीसी र सारेप्रोमार्फत बिक्री धेरै भएको छ ।

यस दिन धेरै कारोबार भएका टप १० कम्पनीमा जानाकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स हाइड्रोपावर, नेपाल फाइनान्स, सप्तकोशी विकास बैंक, बेस्ट फाइनान्स, कर्णाली विकास बैंक, रसुवागढी हाइड्रोपावर, युनाइटेड इदी मर्दी र ङादी ग्रुप पावर क्रमशः अगाडि रहे ।

 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -