Wednesday, November 27, 2024
घरसमाचारस्वास्थ्य बिमा रकम ५ लाख पुर्‍याउने स्वास्थ्य मन्त्रीको भनाई

स्वास्थ्य बिमा रकम ५ लाख पुर्‍याउने स्वास्थ्य मन्त्रीको भनाई




सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा खुलेको भरतपुर आँखा अस्पतालको उद्घाटन गरिएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अस्पतालको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री पौडेलले स्वास्थ्य बिमामा केही जटिलता भएको हुँदा सो जटिलता सहज गर्दै १ लाख बिमा रकमबाट ५ लाख पुर्‍याउने काम अघि बढाइएको बताउनुभयो । मन्त्रालयले देशव्यापी रुपमा पाठेघरको क्यान्सर पता लगाउन पाठेघरको परिक्षण समेत गर्ने मन्त्री पौडेलले बताउनुभयो ।

ग्राहकहरू औषधीमा समेत ठगिन पुगेको हुँदा औषधीको मूल्य समायोजन हुने गरी, फार्मेसीले मूल्य हेर्ने गरी सूचना टाँस्ने व्यवस्था मिलाइने मन्त्री पौडेलले बताउनुभयो ।

ईश्वरपुरका नगर प्रमुख मनोज कुमार आचार्यले स्वास्थ्य क्षेत्र सुदृढ नभएसम्म मेयर पदको कुर्सीमा नबस्ने उद्घोष गर्नुभयो । उहाँले आफूले नगरवासी समक्ष भोट माग्दा नगरवासीलाई ईश्वरपुरमा पाठेघरको अप्रेशन तथा किड्नीको उपचारको व्यवस्थापन गर्न वचन दिएको स्मरण गर्नुभयो ।

नेपाल नेत्रज्योति संघ, हिरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थान, भरतपुर आँखा अस्पताल चितवन तथा ईश्वरपुर नगरपालिकाको संयुक्त सहकार्यमा आँखा अस्पताल खुलेको हो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -