Tuesday, November 26, 2024
घरसमाचारबंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ

बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ

१० मंसिर, ढाका । बंगलादेशमा अल्पसंख्यक समुदायको सुरक्षाको माग गर्दै भइरहेको प्रदर्शनको नेतृत्व गरिरहेका हिन्दू समुदायका एक साधुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

वरिष्ठ प्रहरी जासुस रेजाउल करिम मल्लिकले एएफपीलाई बताएअनुसार नवगठित हिन्दू समूहका प्रवक्ता चिन्मय कृष्ण दास ब्रह्मचारीलाई ढाकाबाट पक्राउ गरिएको हो ।

लामो समयदेखि सत्ताको बागडोर सम्हालेकी प्रधानमन्त्री शेख हसिनालाई विद्यार्थी नेतृत्वको अगस्ट क्रान्तिले सत्ताच्यूत गरेपछि १७ करोड जनसंख्या रहेको बंगलादेशमा धार्मिक सम्बन्ध तनावपूर्ण बन्दै गएको छ ।

हसिनालाई सत्ताच्युत गरिएपछिका दिनहरूमा हिन्दूहरूमाथि प्रतिशोधको श्रृङ्खला बढेको देखिन्छ ।

ढाका प्रहरीका प्रवक्ता तालेबुर रहमानले ब्रह्मचारीलाई पक्राउ गरिएको पुष्टि गरे ।

गत अक्टोबरमा ब्रह्मचारीले चटगाउँ शहरमा एक विशाल ¥यालीको नेतृत्व गरेपछि उनीविरुद्ध मुद्दा दायर गरिएको थियो । उहाँमाथि बंगलादेशको राष्ट्रिय झण्डाको अनादर गरेको आरोप लागेको थियो।

बंगलादेशसम्मिलित सनातन जागरण जोते समूहका ब्रह्मचारीलाई राजधानी ढाकाबाट चटगाउँतर्फ जाँदै गर्दा पक्राउ गरिएको समूहका एक वरिष्ठ नेताले एएफपीलाई जानकारी दिएका छन् ।

समितिका सदस्य प्रशान्तकुमार हल्दारले एएफपीसँग भने, ‘उहाँमाथि लगाइएको आरोपबारे हामीलाई जानकारी छैन । जोते समूहले ब्रह्मचारीको रिहाइको माग गर्दै मङ्गलबार ¥याली निकाल्नेछ, हामी देशभर उहाँको समर्थनमा ऐक्यवद्धता जनाउन देशभर मानव साङ्लोमा सामेल हुन आग्रह गर्दछौं ।’

धार्मिक अल्पसंख्यकलाई समर्थन गर्ने बंगलादेशको हिन्दू, बौद्ध, क्रिश्चियन युनिटी काउन्सिलले ब्रह्मचारीको गिरफ्तारीको निन्दा गरेको छ ।

ब्रह्मचारी नयाँ समूहमा सामेल हुनुअघि हरे कृष्ण आन्दोलन भनिने अन्तर्राष्ट्रिय कृष्ण चेतना समाज (इस्कोन) का सदस्य थिए ।

बंगलादेशमा अल्पसंख्यक धर्मावलम्बीहरूमध्ये सबैभन्दा बढी प्रभाव हिन्दू समुदायको छ अर्थात् यहाँको जनसङ्ख्याको लगभग आठ प्रतिशत हिन्दू छन् । (रासस/एएफपी)

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -