Monday, November 25, 2024
घरक्राइम चेकडिआइजी बढुवामा गुप्तचर टोलीको हालिमुहाली

डिआइजी बढुवामा गुप्तचर टोलीको हालिमुहाली

काठमाडौं । लामो रस्साकस्सीपछि नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)को प्रहरी नायब महानिरीक्षक(डिआइजी) बढुवामा सिफारिस भएका छन् ।आइतबार मध्यराती बढुवाको निर्णय भएको हो । २६ जना प्रतिस्पर्धामा रहेका यसअघिको बरियतामा १ देखि ८ नम्बरमा रहेका एसएसपीलाई नै बढुवा सिफारिस गरिएको छ ।

आइजिपी बसन्त कुँवरकै ब्याचका धुव्रराज राउत, भोला रावल र गणेश चन्द पहिलो तीन नम्बरमा बढुवा भएका छन् ।त्यसपछि शिद्धिबिक्रम शाह, सुशिलसिंह राठौर, उमा प्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर कुमार विक बढुवा सिफारिस भएका छन् ।पछिल्लो पाँच जना राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)बाट नेपाल प्रहरीमा पावरका आधारमा स्थानान्तरण भएका अधिकृत हुन् ।

गुप्तचरमा तोकआदेशका भरमा भर्ना भएर उनीहरु पछि शत्तिलकै आडमा नेपाल प्रहरीमा आएका थिए । उनीहरु नै बढुवामा यसपटक हावी भएपछि प्रहरीमै भर्ना भएका टोलीमाथि अन्याय भएको छ ।प्रहरीमा १११ को टोलीका एसएसपीहरु दिनेश आचार्य, गोविन्द थपलिया, ईश्वर कार्की, राजेन्द्र भट्ट,अरुण पौडेल, सुदर्शन कोइराला लगायतमाथि अन्याय भएको चर्चा प्रहरीमा छ ।

जबकी उनीहरुको ब्याचका दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारी यसअघि नै डिआइजी भइसकेका छन् । तर, गुप्तचर टोलीका कारण दोस्रो लटमा पनि उनीहरु बढुवा हुन सकेनन् ।यसअघि कार्यक्षमताका आधारमा भन्दै सिनियर ब्याचलाई छाडेर १११ को ब्याचबाबाट तीन जनालाई बढुवा गरिएको थियो । त्यसबेला रवि लामिछाने गृहमन्त्री थिए ।यसपटक भने वरियता भन्दै गुप्तचर टोलीलाई राखिएको छ । बढुवा सिफारिस हुने पाँचै जना शक्तिशाली रहेकाले बरियतामा अगाडि रहेको भन्दै उनीहरुको बढुवा सिफारिस भएको स्रोत बताउँछ ।पाँचै जना नेपाली कांग्रेसका निकट हुन् भने उनीहरु आर्थिक रुपमा पनि शक्तिशाली मानिन्छन् । अनलाइन नेपाल

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -