Saturday, November 30, 2024
घरसमाचारसरस्वती क्लबले थ्रीबाइथ्री स्ट्रीट विश्व च्याम्पियनसिप खेल्ने

सरस्वती क्लबले थ्रीबाइथ्री स्ट्रीट विश्व च्याम्पियनसिप खेल्ने

८ मंसिर, काठमाडौं । नेपालको ‘बी’ डिभिजन क्लब सरस्वती युथ क्लबले थ्रीबाइथ्री स्ट्रीट विश्व फुटबल च्याम्पियनसिप खेल्ने भएको छ ।

च्याम्पियनसिप चीनको क्वीन्डहोमा यही मंसिर ११ देखि १६ गतेसम्म हुने छ । विश्व फुटबल महासंघ (फिफा) अन्तर्गत आईएसएफएले सञ्चान गर्ने यस च्याम्पियनसिपमा आयोजक चीनसहित २४ देशको सहभागिता रहनेछ ।

चीन जाने टोलीलाई सरस्वती क्लबका अध्यक्ष उत्तम भण्डारी, प्रदेश सांसद सुनिल केसी, क्लबका पूर्व अध्यक्ष बलराम ढकाल र सल्लाहकार अच्युत पराजुलीले बिदाइ गरे ।

सात सदस्यीय नेपाली टोली आइतबार चीन प्रस्थान गर्नेछ । टोलीको खेलाडीमा दिपेश घले, पेम्बा दोर्जे लामा, सतिश पराजुली, शुभांशु शर्मा र दिभांसु शर्मा छन् । प्रशिक्षकमा अशिम अर्याल र व्यवस्थापकमा विकल्प खरेल रहेका छन् ।

उपाधि जित्ने लक्ष्यका साथ दुई महिनादेखि निरन्तर तयारी गरेको प्रशिक्षक अशिम अर्यालले जानकारी दिए । ‘स्ट्रीट विश्व च्याम्पियनसिपका लागि हामी उपाधि दावेदार हौँ । राम्रो तयारी गरेकोले उपाधि जितेर फर्कने लक्ष्य राखेका छौं’, अर्यालले भने ।

प्रशिक्षक अर्यालकाअनुसार फुटसल भन्दा सानो कोर्टमा खेलिने थ्रीबाइथ्री फुटबल आठ मिनेटको हुनेछ ।

खेलाडीलाई शुभकामना दिँदै सरस्वती क्लबका अध्यक्ष भण्डारीले क्लबले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन लागेको बताए ।

उनले खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्दै क्लब र देशको नाम राखेर फर्कन सुझाव पनि दिए ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -