२०८१ चैत्र २९ गते, शुक्रबार २१:३२




बारा । बाराको महागढिमाई नगरपालिका वडा नम्बर १ स्थित रहेको शक्तिपिठ  गढीमाई मन्दिर परिसरमा राखिएको दान पेटिका दोस्रोपटक खोलिएको छ । दान पेटिकाबाट रु ५ लाख २४ हजार, १६५ रुपैयाँ भेटी सङ्कलन भएको गढीमाई मेला सञ्चालन तथा व्यवस्थापन मुल समितिका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । 

दान पेटिकाबाट विभिन्न थरीका सुनको गहना ३ थान ,चाँदीको ७ थान गहनासमेत सङ्कलन भएको उहाँले जानकारी दिनुभयाे । मन्दिर परिसरमा रहेका चार वटै दान पेटिकालाई १७ दिन पछि सार्वजनिक रुपमा खोलिएको थियो  मेला मुल व्यवस्थापन समितिको उपाध्यक्ष कैलाश महतोले बताउनुभयो । 

सो अवसरमा मुल समितिका पदाधिकारी,  सशस्त्र प्रहरी , नेपाल प्रहरी , नगर प्रहरी ,सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्