२०८१ चैत्र ३० गते, शनिबार ०२:४१

१ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली काठमान्डु गुर्खाजले ट्यालेन्ट हन्टबाट क्रिस कार्कीलाई लोकल आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ ।

क्रिसले अब यही मंसिर १५ गते देखि सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट काठमान्डु गुर्खाजबाट खेल्नेछन् ।

शनिबार वा डे क्रिकेट एकेडेमी काँडाघारीमा भएको अन्तिम छनोटबाट क्रिसले अन्य ३१ खेलाडीलाई पछि पार्दै ‘लोकल आइकोनिक प्लेयर’ को रुपमा काठमाडौं गुर्खाजमा छनोट भएका हुन् ।

काठमान्डु गुर्खाजले यसअघि क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) बालुवाटार, क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) भक्तपुर र द ग्रेट हिमालय क्रिकेट एकेडेमी ललितपुरमा तीन दिन प्रारम्भिक चरणको छनोट गरेको थियो ।

झन्डै ५ सय खेलाडीले प्रारम्भिक छनोटमा नाम दर्ता गरेका थिए र शनिबारको अन्तिम छनोटमा ३२ खेलाडी रहेका थिए । त्यसमध्येबाट क्रिस उत्कृष्ट खेलाडी बन्दै एनपीएल खेल्न छानिएका हुन् ।

एनपीएलको नियमनुसार लिगका लागि हरेक टोलीले आफ्नो प्रदेश अन्तर्गत रहेका एक खेलाडी लिनु पर्ने प्रावधान थियो । सोहि अनुरुप क्रिस काठमान्डु गुर्खाजको टोलीमा छनोट भएका हुन् ।

ट्यालेन्ट हन्टबाट काठमान्डु गुर्खाजले विपिन न्यौपाने, असिम श्रेष्ठ, अथर्व पौडेल, शारदुल भट्ट, राजेन्द्र बम र कमल गुप्ता गरी अन्य ६ खेलाडी पनि छनोट गरेको छ । तीन ६ खेलाडीले पनि टोलीसँगै बसेर प्रशिक्षण गर्ने काठमान्डु गुर्खाजका प्रमुख प्रशिक्षक वसन्त शाहीले जानकारी दिए । शाहीका अनुसार उनीहरुलाई प्रत्सोहान स्वरुप जनही २५ हजार उपलब्ध गराइने छ ।

Kathmandu Gurkhas Talent Hunt:
Players participating in talent hunt of Kathmandu Gurkhas during final talent hunt session at One Day Cricket Academy, Kageshwori, Manohara in Kathmandu on Saturday 16-11-2024.
(Photo by Udipt Singh Chhetry/USC Images)

आइकोनिक प्लेअर छनोट गरेपछि काठमाडौंको टोलीले पूर्णता पाएको छ । टोलीमा कूल १६ खेलाडी छन् । जसमा राष्ट्रिय टिमका सदस्य करण केसी मार्की प्लेअर छन् । यस्तै शाहब आलम, भिम सार्की, रशिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश कँडेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी र प्रतिक श्रेष्ठलाई काठमाडदंले अक्सनबाट लिएको थियो ।

चार विदेशी खेलाडीको कोटामा काठमान्डु गुर्खाजले नेदरल्यान्ड्सका ओपनर माइकल लेभिट, नामिबियाका कप्तान जेर्राड इरसमस तथा इंग्लिस क्रिकेटरद्वय स्टेफन इस्किनाजी र ड्यान डौथवेटलाई अनुबन्ध गरिसकेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्