२०८१ चैत्र २४ गते, आईतवार २१:३३

राधेश्याम साह
रौतहट/रौतहटको गौर नगरपालिका वडा न.३ स्थित राइस मिल्सको फिल्डमा दशैँ, तिहार, छठको अवसरमा मेला महोत्सव सुरु भएको छ ।

सोमबार मेलाको एक समारोह बीच गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले उद्घाटन गरेका छन्।

गौर नगरपालिका वडा नं.३ स्थित रहेकोे राइस मिल्सको चौरमा एभरेष्ट इभेन्ट म्यानेजमेन्ट प्रा.लि. भरतपुर महानगरपालिका-९ गोन्द्राङ चितवनको आयोजनामा दशैं तिहार रमाइलो मेला यहीँ कार्तिक ५ गते देखी शुरू हुँदै कार्तिक ३० गते सम्म मेला रहने मेला समितिले जनाएको छ !
५ दिन सम्म प्रवेश निः शुल्क रहने छ ! ५ दिन पछि २० रुपैयाँको दरले टिकट लाग्ने छ,समय बेलुका ५ देखि रति १० बजे सम्म खुला रहने बताएका छन् ।
मेला महोत्सव उद्घाटन समारोहमा गौर नगरपालिकाको प्रशासकीय अधिकृत सहित गौर वडा नं. १,२,३, ४,५, ६, र ९ का वडाअध्यक्ष लागायत युवा, गाँउ समाजका बुद्धिजिविहरुको उपस्थिति रहेको थियो ।
मेलालाई आकर्षक बनाउने गरि मेलाको मूल गेट देखि भगवान बुद्ध,दुर्गा भगवती, रामसिता महादेव,पार्वती लगायतका मुर्ति बनाइएको छ भने स्थलभित्र घुमफिरका लागि पार्क निर्माण गरिएको छ । विगतका विभिन्न ब्यापार मेला र प्रदर्शनीमा सांगीतिक माहौलमा रमाउन, किनमेल गर्न मात्र दर्शकहरु जाने गरेकोमा यसपाली सस्कृतिक मनोरञ्जन सहित नाटकीय प्रस्तुति हेर्न, प्रदर्शनीहरु पर्यटन उद्यमलाई सघाउने मुख्य माध्यम बन्नसक्ने आधारहरु प्रस्ट देखिने गरि मेला आयोजना गरिएको मेला समितिले जनाएको छन् । त्यस्तै गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहले रौतहटमा घटदै गरेका स्थानीय व्यापारलाई प्रवर्द्धन गर्न मेला महोत्सव आवश्यक भएको उनको भनाइ छ। नितिगत रुपमा राज्यले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने हो भने नेपाली उत्पादनलाई बजारको अभाव नहुने उनको भनाइ रहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

शुद्ध भन्छन्, हड्डी खुवाउँछन्! — जिम्बू थकालीको गम्भीर लापरवाही, शाकाहारी ग्राहकलाई दालमा चिकेनको हड्डी

काठमाडौं, नयाँ बानेश्वर — राजधानीको प्रतिष्ठित भनिएको “जिम्बू थकाली” रेष्टुरेन्टमा

शुद्ध भन्छन्, हड्डी खुवाउँछन्! — जिम्बू थकालीको गम्भीर लापरवाही, शाकाहारी ग्राहकलाई दालमा चिकेनको हड्डी

काठमाडौं, नयाँ बानेश्वर — राजधानीको प्रतिष्ठित भनिएको “जिम्बू थकाली” रेष्टुरेन्टमा