२०८१ चैत्र ३० गते, शनिबार ०५:१६




काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ २८ गते हुने नेपाल इञ्जिनियर्स एशोसिएसनको ३४औँ निर्वाचनका लागि प्रगतिशील इञ्जिनियर्स एशोसिएसनको उम्मेदवार समूहलाई शुभकामना दिनुभएको छ ।

इ प्रा डा विष्णुप्रसाद पाण्डे समूहको उम्मेदवार घोषणा कार्यक्रममा सङ्क्षिप्त मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले योग्य र सक्षम समूह भएकाले यसले विजय हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले निर्वाचनमा सफलता हासिल गरी मुलुक बनाउने अभियानमा अझ सक्रिय भएर लाग्न आग्रह गर्नुभयो ।

“यो समूह चुनावमा उठ्नका लागि उठाए जस्तो मात्रै देखिएको छैन । यस क्षेत्रलाई ऊर्जाशील बनाएर राष्ट्र निर्माणमा लाग्न सक्षम समूह देखिएको छ । तपाईँहरूले चुनाव जितेपछि बसेर सविस्तार कुरा गरौँला ।”

कार्यक्रममा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, नेकपा (एमाले) जनसङ्गठनका संयोजक भानुभक्त ढकाल, बागमती प्रदेशका भौतिक पूर्वाधारसम्बन्धी मन्त्री अमन मास्केलगायत उपस्थित हुनुहुन्थ्यो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्