२०८२ बैशाख ५ गते, शुक्रबार २०:४९

रौतहट । इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी रामेश्वर त्वाती कार्यकाल पूरा नहुँदै तानिएका छन्  ।

इलाका प्रहरी कार्यालय गरुडाको प्रमुखको रुपमा कार्यभार सम्हालेको तीन महिना समेत नबित्दै त्वातीलाई जिम्मेवारीबाट इटहरी सरुवा गरिएको छ ।

गत जेष्ठ मसान्तमा गरुडामा हाजिर भएका डिएसपी त्वातिको एक वर्षको कार्यकाल पूरा नहुँदै सरुवा भएको हो ।

एक प्रहरी अधिकृले यदि कुनै वादविवादमा नपरेको खण्डमा कुनै ठाउँमा जाँदा कम्तीमा एक वर्ष बसेर काम गर्नुपर्ने प्रावधान अनुसार डिएसपी त्वातीले आगामी २०८२ साल जेष्ठसम्म गरुडामा बस्नुपर्ने थियो तर उनको कार्यकाल पुरा हुन अझै ९ महिना भन्दा बढी दिन बाँकी छँदै उनको सरुवा गरिएको हो ।

डिएसपी त्वातीको स्थानमा डिएसपी राजन कार्की आउन लागेका छन् ।

डिएसपि त्वातीले अधिकांश घटनाको दोषीमाथि कानुन बमोजिम मुद्दा दर्ता गरि कार्यवाही प्रक्रिया अगाडि बढाउन थालेका कारण त्रसित भएका केही राजनीतिक दलका नेताले पावरको बलमा सत्ताको दुरुपयोग गरि बिना कुनै कारण डिएसपी त्वातीको सरुवा गराएको चर्चा प्रहरी भित्र छ।

डिएसपी त्वातीले कसैको दबाब प्रभाव वा कुनै प्रकारको प्रलोभनमा नपरी एकदम निष्पक्ष रूपमा काम गर्दै दोषीलाई सजाय दिलाउने र पीडितलाई न्याय दिलाउने कामलाई प्रभावकारी ढंगले अगाडी बढाउन थालेको कुरा केही नेतालाई मन परेको थिएन ।

उनले बहुबिवाह, बलात्कार, चोरी, डकैती, बैंकिङ  कसुर, अभद्र व्यवहार लगायत घटनाका दोषीमाथि मुद्दा दर्ता गरी कानूनअनुसार कार्यवाही प्रक्रिया अगाडी बढाउने गरेका थिए जस कारण राजनीतिक दलका केही नेताहरु निकै त्रसित भएका थिए ।

त्वातीको तीन महिनाको कार्यकालमा गरुडा प्रहरीमा मिलापत्र भन्दा बढी मुद्दा दर्ता भएको छ भने मेलमिलापको माध्यमले निकै कम मुद्दाको किनारा लागेको छ ।

एक श्रोतका अनुसार मिलापत्र गर्न नहुने अर्थात गम्भीर प्रकृतिका घटनालाई समेत केही राजनीतिक दलले मेलमिलापको माध्यमले टुंग्याउन डिएसपी त्वातीलाई अनावश्यक दबाब दिने गरेका थिए ।

तर त्वातीले गम्भीर प्रकृतिका घटनाका दोषी अर्थात अपराधीलाई सजाय दिलाउन कसैको कुरा नसुनी कानुनले दिएको अधिकार भित्र रहेर मिलापत्र नगराइ दोषीमाथि मुद्दा नै दर्ता गर्ने गरेका थिए ।

डिएसपी त्वातीले अधिकांश घटनाको दोषीमाथि मुद्दा दर्ता गरि कार्यवाही गर्न थालेपछि पछिल्लो समय गरुडा आसपासका क्षेत्रमा आपराधिक क्रियाकलापमा कमि आएको छ ।

डिएसपी त्वातिले अधिकांश घटनाको दोषीमाथि मुद्दा चलाउन थालेपछि जुनसुकै मुद्दाको पनि मेलमिलापको माध्यमले मिलापात्र गराइ पीडक र पीडित दुबै पक्षसँग मोटो रकम असुली गरी दलाली गर्नेहरुको दलाली बन्द भएपछि तिनिहरु डिएसपि त्वातीको कार्यशैली प्रति असन्तुष्ट रहदै आएका थिए ।

त्वातीको यस्ता कार्यशैली र काम कार्यवाहीबाट आत्तिएका केहि जनप्रतिनिधि र दलका नेताहरुले उनको सरुवा गराउने चलखेलमा केही दिनदेखि लागि परेका थिए ।

डिएसपी त्वातीको कडा एक्सनले दलाली गर्न नपाएका केहि राजनीतिक दलका नेताले बिना कुनै कारण पावर र शक्तिको आड्मा सर्वसाधारण नागरिकको पक्षमा काम गर्ने डिएसपी त्वातीको सरुवा गराएको स्रोतको दाबी छ ।

डिएसपपी त्वातीले कुनै गल्ती नगरेपनी उनलाई कुन कारण वा आधारमा कार्यकाल पूरा नहुँदै सरुवा गरियो भनी आम नागरिकले चासो व्यक्त गर्न थालेका छन ।

बिना कुनै कारण र आधार त्वातीलाई सरुवा गर्ने प्रहरी प्रधान कार्यालयमाथि पनि प्रश्न चिन्ह खडा भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्