Monday, January 13, 2025
घरसमाचारशर्तसहित टिकटक खोल्न दिने सरकारको निर्णय

शर्तसहित टिकटक खोल्न दिने सरकारको निर्णय




काठमाडौँ । नेपाल सरकारले शर्तसहित सामाजिक सञ्जाल ‘टिकटक’ खोल्न दिने निर्णय गरेको छ ।

नेपाल सरकार (मन्त्रिपरिषद्) को आज बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन गत साउन २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको निर्देशनका आधारमा सञ्चार मन्त्रालयले उक्त प्रस्ताव तयार गरेको थियो ।

टिकटकको प्रयोग गरेर विकृति बढाएको भनी टिप्पणी भएपछि तत्कालीन सरकारले गत कात्तिक २७ गते टिकटिकमाथि प्रतिबन्ध लगाएको थियो । रासस

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -