Thursday, November 28, 2024
घरसमाचारप्रहरीले चोरी निकासीमा कडाइ गरेपछि राजश्व सङ्कलनमा वृद्धि

प्रहरीले चोरी निकासीमा कडाइ गरेपछि राजश्व सङ्कलनमा वृद्धि




जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले चालु आर्थिक वर्षमा भन्सार चोरी निकासीमा कडाइ गरी उल्लेख्य रुपमा राजश्व सङ्कलन गरेको छ ।

प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार भेटघाटमा धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले साउन महिनामा मात्र ८३ लाख २३ हजार ३ सय ४५ रुपैयाँ राजश्व सङ्कलन गरेको जानकारी दिनुभयो ।

आफू कार्यालयमा चैत्रयता हाजिर भएपछि ५ करोड ४६ लाख २३ हजार छ सय ५३ रुपैयाँ राजश्व सङ्कलन भएको पनि उहाँले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय धनुषाले आर्थिक वर्ष २०८०/८१ म ९ करोड ५६ लाख ३ हजार ७ सय २ रुपैयाँ राजश्व सङ्कलन गरेको थियो ।

आर्थिक वर्ष २०७९/८० मा ३४.३४ प्रतिशत, २०८०/८१ म ५८.६३ प्रतिशत र आर्थिक वर्ष २०८१/८२ मा ७७.५१ प्रतिशतले राजश्व सङ्कलन भएको छ ।

साथै यस अवधिमा जिल्लाको शान्ति सुरक्षामा विशेष ध्यान दिइएको प्रहरीले जनाएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -