२०८२ बैशाख ६ गते, शनिबार ०८:१२

३ भदौ, काठमाडौं । ललितपुर कुम्भेश्वरको एक घरमा आगलागी भएको छ । आगलागी ललितपुर महानगरपालिकाको दमकलको सहायतामा केहीबेरमै नियन्त्रणमा लिइएको थियो ।

ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार आगलागी भएका बेला घरमा कोही थिएनन् । आज जात्राको दिन भएकाले भूइँतलामा जेरी, स्वारी पकाउने काम भइरहेको थियो ।  त्यहीबेला ग्यास लिक भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताए ।

विस्तृत विवरण भने खुल्न बाँकी छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्