मकवानपुर । हेटौँडा-९, मयूर धापमा मोटरसाइकलले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ। मृतक बालक स्थानीय रामचन्द्र अर्यालका ५ वर्षीय छोरा शिभांस हुन्।
हेटौँडा-९, धापस्थित भित्री सडक मयुर धापबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बेला बाटो छेउमा हिँडिरहेका शिभांसलाई ठक्कर दिएको थियो । बागमती प्रदेश ०३-००५ प २४३ नम्बरको मोटरसाइकलले ठक्करबाट घाइते बालकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।
प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको छ। चालक हेटौँडा-१४ का १७ वर्षीय युवक रहेको जनाइएको छ।