काठमाडौँ/चर्चित म्युजिक भिडियो निर्देशक दिनेश माङ्गमुद्वारा निर्देशित घुम्न जाउँ धरान शहर बोलको गीत सार्वजनिक भएको छ ।
माया ईन्टरटेन्मेन्ट यूट्यूब च्यानलबाट प्रसारण भएको उक्त भिडियो ६ मिनेट सात सेकेण्ड रहेको छ । माया तामाङ्गको प्रस्तुति रहेको भिडियोको निर्देशन दिनेश माङ्गमुले गरेका हुन् ।
राजह्याङ्ग आङ्गबोको शब्द रहेको यस गीतमा दिप्सन लिम्बुको संगीत र स्वर रहेको छ भने स्वरमा लिम्बुलाई मेलिना मैनालीले साथ दिएकी छिन् । दिनेश पराजुलीको छायांकन रहेको यस गीतको एरेञ्ज विश्व अधिकारीले गरेका हुन् भने सम्पादन अनिल रानाले गरेका हुन्। पोष्ट प्रोडक्सनको काम भने निर्देशकको आफ्नै पोस्ट प्रोडक्सन माङ्गमु फिल्मसले गरेको हो।
यस भिडियोबाट भने उनले तामाङ्ग जातीको भाषा, भेषभुषा र संस्कृति देखाउन खोजेका छन् । प्रेम कथामा आधरित म्युजिक भिडियोमा नग्मा श्रेष्ठ, यम लिम्बू र प्रकाश लिम्बू फिचर भएका छन् । भिडियोमा बाबु–आमाको ईच्छा विपरित प्रेमिका आफ्नो प्रेमीसँग भाग्छिन् र भाग्दा भाग्दै यसको ईन्डिङ्ग सस्पेन्स रहेको छ ।जुन सस्पेन्स थाहा पाउनका लागि भिडियो नै हेर्नु पर्ने हुन्छ । गीतको मर्म अनुसार कथा निर्माण र कथालाई जिवित बनाउने निर्देशकका रुपमा परिचित निर्देशक माङ्गमुले यस भिडियोलाई पनि कलात्मक रुपमा प्रस्तुत गरेका छन् । उनको निर्देशकीय क्षमता र अनुभव यस भिडियोबाट प्रष्टै झल्किन्छ । निर्देशक माङ्गमले तीन दर्जन भन्दा बढी म्युजिक भिडियो निर्देशन गरेर आफूलाई अब्बल दर्जाको म्युजिक भिडयो निर्देशकका रुपमा स्थापित गरिसकेका छन्।
हेर्नुहोस् भिडियो :