उदयपुर । वर्षाका कारण पहिरोबाट विस्थापित भएका उदयपुरको त्रियुगा नगरपालिका-१५ तोरिबारीका पहिरो पीडितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने भएको छ । गत असार २४ गते परेको अविरल बर्षाका कारण गएको पहिरोमा परि विस्थापित भएका ३० घर परिवारलाई नजिकैको सुरक्षित स्थानमा स्थान्तरण गर्न लागिएको वडा अध्यक्ष गणेश प्रसाद तिम्सिनाले बताएका छन् ।
पहिरोमा परी विस्थापित भएर विद्यालयमा बास बस्दै आएका उनीहरुलाई अहिले बस्दै आएको स्थान भन्दा २ किलोमिटर टाढा हुवासमा जग्गा उपलब्ध गराई अस्थाई टहरा निर्माण गरेर स्थान्तरण गर्न लागिएको त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले बताउनु भयो ।
अहिले पहिरो गएको स्थानमा फेरी पनि भारी वर्षा भएमा पहिरो जाने खतरा रहेका कारण विस्थापित र उच्च जोखिम घर परिवारलाई घर टहरा बनाइ बस्न पुग्ने गरि जग्गा उपलब्ध गराएर उनीहरूलाई स्थान्तरण गर्ने तयारी गरेको नगर प्रमुख बस्नेतले बताउनु भयो ।
गत असार २४ गते सोमबार राति परेको अविरल वर्षाका कारण त्रियुगा नगरपालिका १५ खाँबु तोरीवारिमा आएको पहिरोमा परी एकजनाको मृत्यु भएको थियो भने अन्य २ जना घाइते भएका थिए । पहिरोले अन्य किसानको घर गोठ सहित खसी बाख्रा, बङ्गुर समेत बगाएको थियो ।
पहिरोमा परि तोरिबारीका ७ घर परिवार पूर्ण विस्थापित भएका र २३ घर परिवार आंशिक रुपमा विस्थापित भएका त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईले जानकारी दिनुभयो । राईका अनुसार उक्त पहिरोमा अन्य २७ घर परिवार समेत उच्च जोखिममा रहेका छन् ।
पहिलो चरणमा पूर्ण विस्थापित भएका र आंशिक रुपमा विस्थापित भएका परिवारलाई स्थानान्तर गरिन लागिएको भए पनि उच्च जोखिममा रहेको परिवारलाई समेत छिट्टै स्थानान्तर गरिने वडा अध्यक्ष गणेश प्रसाद तिम्सिनाले
अहिले पहिरो गएको स्थानमा फेरी पनि भारी वर्षा भएमा पहिरो जाने खतरा रहेका कारण विस्थापित र उच्च जोखिम घर परिवारलाई घर टहरा बनाइ बस्न पुग्ने गरि जग्गा उपलब्ध गराएर उनीहरूलाई स्थान्तरण गर्ने तयारी गरेको नगर प्रमुख बस्नेतले बताउनु भयो ।