Thursday, November 28, 2024
घरसमाचारनेपालको हवाई उड्डयन सुरक्षा सम्बन्धी नीति तर्जुमा गर्न सरकारलाई निर्देशन

नेपालको हवाई उड्डयन सुरक्षा सम्बन्धी नीति तर्जुमा गर्न सरकारलाई निर्देशन




काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालको हवाई उड्डयन सुरक्षा सम्बन्धी नीति तर्जुमा गर्न सरकारलाई निर्देशन दिएको छ । 

सिंहदरबारस्थित समितिमा इयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना सम्बन्धमा बसेको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सम्बन्धित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक यथाशीघ्र संघीय संसदमा पेश गराउन सरकारलाई निर्देशन दिएको हो । 

समितिका सभापति राज किशोर यादवले यसअघि भएका हवाई दुर्घटना सुरक्षा र नियमन सम्बन्धि सरकारद्वारा गठित छानविन समिति एवं कार्यदलमार्फत पेश भएका अध्ययन प्रतिवेदन के कस्ता अवस्थामा छन् समितिलाई जानकारी गराउन निर्देशन दिनुभयो । 

समितिले नेपालको हवाई सुरक्षा र विद्यमान कानुन र अन्तर्राष्ट्रिय अभ्यास कार्यान्वयन भए नभएको सम्बन्धमा १५ दिनभित्र छानविन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको सिफारिस गर्न विज्ञहरुको स्वतन्त्र टोली गठन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई निर्देशन दिएको छ । बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले उड्डयन क्षेत्रमा भएको समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै अन्तर्राष्ट्रिय समितिको सहयोग आवश्यक रहेको बताउनुभयो । यसअघि सांसदहरुले इयर डाइनेष्टिको हेलिकप्टर दुर्घटनाको छानविन गर्न प्राधिकरणका जिम्मेवार पदाधिकारीलाई हटाउनुपर्ने, नियामक निकायहरू जिम्मेवार नहुँदा दुर्घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -