२०८१ चैत्र २९ गते, शुक्रबार २३:५८




काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले पूर्व सचिव र पूर्व महालेखा परीक्षकहरूसँग छलफल गरेको छ । 

समितिले पूर्व महालेखा परीक्षक टङ्कमणि शर्मा, सहकारी मन्त्रालयका पूर्व सचिवद्वय गोपीनाथ मैनाली र डा दामोदर रेग्मीसँग आज छलफल गरेको समितिका सभापति सूर्य थापाले जानकारी दिनुभयो । 

सहकारी ऐनको निर्माण, नियमनको प्रबन्ध, सहकारी सङ्कट लगायत विभिन्न संरचनाको कानुनी एवं व्यावहारिक अभ्यास र अनुभवका सम्बन्धमा छलफल भएको उहाँले बताउनुभयो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्