वीरगंज/वीरगंजस्थित एन्जल सेकेण्ड्री स्कूलकी एक जना छात्राले माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८० को नतिजामा पर्सा जिल्लामै उत्कृष्ट अंक ल्याएर उतीर्ण भएकी छिन् ।
परीक्षा बोर्डले विहिबार सार्वजनिक गरेको नतिजाअनुसार सो स्कूलकी छात्रा आँचल कुमारी पटेलले (३.९६ जिपीए) ल्याएकी हुन, जुन पर्सा जिल्लामै सर्वोत्कृष्ट अंक हो ।
पर्सा जिल्लाबाट निजी तथा सामुदायिक विद्यालयका गरी कूल नौ हजार तीन सय ३८ जना विद्यार्थी सहभागी भएकोमा ५५२ जना विद्यार्थी मात्र पास भएकोमा वीरगंज निवासी आरजू पटेल एवं हरेन्द्र पटेलकी छोरी आँचलले (३.९६ जिपीए) ल्याइ उतीर्ण गरेकी हुन् ।
पर्सा जिल्लाबाट सहभागी कूल विद्यार्थी संख्याको ९४ प्रतिशत अनुतीर्ण हुनुले जिल्लाको शिक्षाको स्तर कुन अवस्थामा छ भन्ने चिन्तनको अवस्थामा पनि आँचल पटेल जस्ता विद्यार्थीले जिल्लामा उत्कृष्ट हुनु गौरवको विषय भएको चर्चा छ ।
यता मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगंज महागरपालिकाको सामुदायिक विद्यालयबाट एसइइ परीक्षा दिने ३३३५ जना विद्यार्थी मध्ये ११४१ जना उत्तीर्ण भएका छन् । उत्तीर्ण प्रतिशत ३४.३२% रहेको छ ।