वीरगंज, ७ असार । नेपाली राष्ट्रिय क्रिकेटर आशिफ शेखलाई गृहनगर वीरगंजमा भव्य स्वागत गरिएको छ। टी–२० विश्वकप खेलेर स्वदेश फर्केपछि काठमाडौंबाट सिमरा हुँदै उनी वीरगंज आइपुगेका हुन्। साँझ ५ बजे सिमरा पुगेका आशिफलाई नेपाल क्रिकेट सङ्घ, पर्साका अध्यक्ष मनीष सिंहले स्वागत गर्दै फूलमाला र खादा लगाएका थिए।