Tuesday, November 26, 2024
घरपत्रपत्रिकासरकारले कृषि क्षेत्रमा ल्याएका योजना अर्थपूर्ण छन्ःमाधव नेपाल

सरकारले कृषि क्षेत्रमा ल्याएका योजना अर्थपूर्ण छन्ःमाधव नेपाल

काठमाडौँ/नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले कृषि क्षेत्रमा ल्याएका योजना अर्थपूर्ण रहेको बताएका छन्।

शुक्रवार काठमाडौंमा देवशंकर पौडेलेको लिखुसँग आत्मसमर्पण विमोचन गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष नेपालले कृषिलाई नेपालको अर्थतन्त्रको आधारशिलाको रुपमा लिनुपर्ने र त्यस रुपमा नै अघि सारिएको बताए।

उनले अहिलेको राजनीतिमा सबैभन्दा बिग्रिएको पक्ष भ्रष्टीकरण रहेको बताए। उनले भ्रष्टाचारले नेता, कार्यकता र देश बिग्रिएको बताए। उनले समाज विकृति र विसंगतिका कारण बिग्रिरहेको बताए। अध्यक्ष नेपालले देशको योजना बनाउँदा हावादारी योजना बनँउन नहुने बताए।

उनले आफूहरु नेपालको राजनीति सहज ढंगले अघि बढ्नुपर्ने पक्षमा रहेको बताउनु बताए । उनले नेतृत्वमा बस्नेहरुले जनताको चाहना, पीडा र वेदनालाई सम्बोधन गर्न आवश्यक रहेको बताए।

उनले भने,‘अहिलेको राजनीतिमा सबैभन्दा बिग्रिएको पक्ष भनेको भ्रष्टीकरणको पक्ष छ। नेताहरु पनि बिग्रिएका छन् भ्रष्टाचारले, कार्यकर्ताहरु पनि बिग्रिएका छन् भ्रष्टाचारले। देश पनि बिग्रिएको छ भ्रष्टाचारले। समाज पनि बिग्रिएको छ, विकृति र विसंगतिले। त्यसैले यि सबै चिजबाट कसरी हामीले उन्मुक्ति प्राप्त गर्ने, हामी ति सबैबाट कसरी माथि बढ्ने ? भ्रष्टाचारलाई उन्मु्लन गर्नेकुरामा, नियन्त्रण गर्नेकुरामा, यसबाट जोगिने कुरामा, ध्यान कसरी दिने ? देशको योजना बनाउँदा हावादारी योजना बनाएर भएन।’

उनले थपे,‘अहिले मैले बजेटको एउटा पक्ष देखेँ। कृषिको सन्दर्भमा ल्याइएका योजनाहरु मलाई साह्रो मन पऱ्यो । कृषिलाई नेपालको अर्थतन्त्रको आधारशिलाको रुपमा लिनुपर्ने र त्यस रुपमा नै अघि सारिएको देख्दा धन्यवाद दिन मन लाग्यो । राष्ट्रिय राजनीतिलाई अघि बढाएर जाने सन्दर्भमा विचार पुर्याएर चल्नुपर्दछ । सबै चिजलाई ध्यानमा राखेर चल्नुपर्छ । संवेदनशील भएर पनि चल्नुपर्छ । संवेदनशील भएर चल्न सक्यो भने संवेदनशीलताको कवच आवश्यकता पर्दछ।’

अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिलाई अघि बढाएर जाने सन्दर्भमा विचार पु¥याउन जरुरी रहेको बताए।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -