Wednesday, November 27, 2024
घरपत्रपत्रिकासिरोहिया प्रकरणमा अमेरिकाको चासोः यस्तो आयो वक्तव्य

सिरोहिया प्रकरणमा अमेरिकाको चासोः यस्तो आयो वक्तव्य

काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा अमेरिकाले मुख खोलेको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबार एक प्रेस नोट जारी गर्दै नागरिकता प्रकणमा सिरोहिया पक्राउ परेपछि आफ्नो धारणा सार्वजनिक गरेको हो ।

दूतावासले घुमाउरो भाषा प्रयोग गर्दै नेपाली जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार नेपाली जनताले पनि सार्थक संवाद गर्ने विश्वासको लिएको जनाएको छ ।

अमेरिकाले आफ्ना लागि प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तका रुपमा रहेको पनि जनाएको छ ।

‘अझ परिपूर्ण मुलुक’ बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू हुन्’, दूतावासले भनेको छ,‘कठिन संघर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ ।’

सिरोहियालाई नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार थापाथलीस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर राति नै धनुषा लगिसकेको छ ।

उनलाई नागरिताको कसुसम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यायले धनुषा अदालतमा उपस्थित गराएको छ । अहिले त्यहाँ उनको बयान चलिरहेको छ । अदालतबाहिर भने उनको पक्षमा नाराबाजी भइरहेको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -