Saturday, July 27, 2024
घरसमाचारनेपाली युवाले सिके संयुक्त राष्ट्रसंघीय अभ्यास

नेपाली युवाले सिके संयुक्त राष्ट्रसंघीय अभ्यास

३० चैत, काठमाडौं । राष्ट्रिय युवा परिषद्ले सञ्चालन गरेको चारदिवसीय नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास बिहीबार सकिएको छ । अभ्यास चैत २६ बाट सुरु भएको थियो ।

अभ्यासमा ७१ जिल्लाबाट १६ देखि २४ उमेर समूहका २ सय जना युवा सहभागी भएका थिए । नमुना संयुक्त राष्ट्रसंघको महासचिवको भूमिका ललितपुरकी नुज्जु अवालेले निर्वाह गरेकी थिइन् । अभ्यासलाई नेपाल सरकारका उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका थिए ।

अभ्यास समापन कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले युवालाई नेतृत्वदायी र प्रतिस्पर्धी भूमिकामा स्थापित गराउन यस्ता कार्यक्रमले सहयोग पु¥याउने बताए ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघको नेपालस्थित आवासीय कार्यालयको तर्फबाट संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि आईसाने मेडागान्गोडा लबेले नेपाली युवाहरुले राष्ट्रसंघीय अभ्यास बुझ्नु अत्यन्तै आवश्यक रहेको बताइन् ।

कार्यक्रममा सहभागी युवालाई विभिन्न ६ वटा समितिमा विभाजन गरी फरक–फरक विषयमा छलफल तथा अभ्यास गराइएको थियो ।

संयुक्तराष्ट्र संघ अन्तर्गत महिला समिति, सुरक्षा परिषद् समिति, मानवअधिकार परिषद् समिति, वातावरणीय कार्यक्रम समिति, आर्थिक तथा वित्तीय समिति, अन्तर्राष्ट्रिय प्रेस समितिजस्ता फरक–फरक क्षेत्रमा युवाहरुले अभ्यास गरेका राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -