२०८२ कार्तिक २५ गते, मंगलवार ११:३०

दहमा डुबेर मृत्यु भएका बालिकाको परिवारलाई आर्थिक सहयोग

काठमाडौं । दहमा डुबेर मृत्यु भएका स्याङ्जाका दुई बालिकाको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

युएईस्थित स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति, स्याङ्जा सहयोग समाज, नेपाली समाज र नमस्ते ट्राभल एण्ड टुरिजम परिवारसहित समाजसेवीले ९० हजार रुपैयाँ सहयोग प्रदान गरेका हुन् ।

ती सामाजिक संस्थासहित लक्ष्मण खनाल (स्याङ्जा), राजेन्द्र अधिकारी (पवर्त), तोयानाथ लम्साल (रुपन्देही), गोपिचन्द्र भुसाल (पर्वत), पुरुषोत्तम भुसाल (रुपन्देही), धर्मदत्त ढकाल (स्याङ्जा), कृष्ण भुसाल (अर्घाखाची), सूर्य खनाल (रुपन्देही)ले पनि सहयोगी हात अघि बढाएका हुन् ।

उक्त सहयोग राशी दिवंगत बालिकाको स्याङ्जा पुतलीबजार नगरपालिका-४ स्थित रामकोसाको स्वारामा पुगेर परिवारलाई हस्तान्तरण गरिएको थियो । स्याङ्जा सहयोग समाज युएईका सल्लाहकार एकेन्द्र थापाले यो सहयोग अभियानको संयोजन गरेका थिए ।

युएईमा लामो समयदेखि फिल्म वितरणमा सक्रिय समाजसेवी रमेश ढकालले विदेशमा स्थापित संस्थाले स्वदेशमा आइपर्ने आपतविपतमा सहयोगी हात अघि बढेको बताए ।

असार ३० गते स्थानीय नरेन्द्रबहादुर थापाका छोरीहरु १४ वर्षकी लक्ष्मी थापा र १२ वर्षकी सुस्मिता थापाको दहमा डुबेर मृत्यु भएको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM