२०८२ बैशाख ५ गते, शुक्रबार १३:१४




दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले भ्रष्ट्राचार विरुद्धको रणनीति तथा कार्ययोजना निर्माण गर्न कार्यदल गठन गर्ने निर्णय गर्नुभएको छ ।

शपथ ग्रहण पश्चात् मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गर्दै मुख्यमन्त्री महराले भ्रष्ट्राचार विरुद्धको रणनीति तथा कार्ययोजना ६० दिनभित्र तयार गरी कार्यान्वयन गर्न कार्यदल गठन गर्ने निर्णय गर्नुभएको हो ।

मुख्यमन्त्री कार्यालयका सचिव निराजन घिमिरेको संयोजकत्वमा भ्रष्ट्राचार निवारण र सुशासनको क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधि एवम् विज्ञ सदस्य रहेको कार्यदल गठन गरिएको हो । गठित कार्यदलले दुई महिनाभित्र कार्य योजनासहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन पेश गर्नेछ ।

यस्तै पदभार ग्रहण गर्दै मुख्यमन्त्री महराले प्रदेशको समग्र विकासका लागि सबैसँग सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री महराले उत्पादनसँग जोड्दै बेरोजगारी समस्या समाधान गर्ने, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकतामा नागरिकको सहज पहुँच बढाउने जिम्मेवारी सरकारले लिने बताउनुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न प्रदेश तहबाट प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त समेत गर्नुभयो ।

लुम्बिनी प्रदेशको पाँचौँ मुख्यमन्त्रीको रुपमा नियुक्त हुनुभएका महराले एक महिनाभित्र प्रदेश सरकारले पूर्णता पाउने बताउनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्