Friday, November 29, 2024
घरसमाचारनेपाल टेलिकमको सञ्चार मन्त्रीसँग अन्तरक्रिया

नेपाल टेलिकमको सञ्चार मन्त्रीसँग अन्तरक्रिया




पाल्पा I नेपाल टेलिकमले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग नेपाल टेलिकमको सेवा सम्बन्धी जानकारी एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवा, लुम्बिनी प्रदेशले शुक्रबार पाल्पाको सदरमुकाम तानसेनमा मन्त्री शर्मा र सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । 

कार्यक्रममा नेपाल सरकारका प्रवक्ता समेत रहनुभएकी मन्त्री शर्माले नेपाल टेलिकमको सेवा जनतामाझ विश्वसनीय भएको धारणा राख्नुभयो । उहाँले जनतालाई नेपाल टेलिकमकै सेवा चाहिने भएकाले नाफाको पछाडि नलागी सेवा भावले पनि काम गर्नुपर्ने बताउनुभयो । उहाँले पाल्पा जस्तो सुगम मानिने जिल्लामा समेत नेटवर्क समस्या रहेकाले त्यस तर्फ टेलिकमले ध्यान दिन आवश्यकता रहेको बताउनुभयो । 

मन्त्री शर्माले पाल्पाबाट प्रतिनिधित्व गर्ने सांसदलाई जिल्लाको टेलिकमको गुणस्तरीयताको विषयमा जनाकारी दिए सुधारका लागी आफूले पहल गर्ने बताउनुभयो । 

कार्यक्रममा प्रदेश तथा सङ्घीय संसद् तथा पाल्पाका दश स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूले नेपाल टेलिकमको गुणस्तर,समस्या र सेवाको विषयमा सुझाव र गुनासो राखेका थिए । 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -