विराटनगर। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत् ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउने तयारी गरिरहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बताउनु भएको छ । मन्त्री चौधरीले महिलालाई उद्यमशीलतामा जोड्नका लागि ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउने बताउनु भयो । विराटनगरमा आजबाट सुरु भएको महिला उद्यमशीलता प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री चौधरीले महिला उद्यमीका लागि पनि …