Tuesday, May 21, 2024
घरसमाचारएसइईमा चिट चोराउने कार्यमा संलग्न पाँच जना पक्राउ

एसइईमा चिट चोराउने कार्यमा संलग्न पाँच जना पक्राउ




नेपालगञ्ज । एसइई परीक्षामा चिट चोराउने कार्यमा संलग्न पाँच जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । ह्वाट्सएप र फेसबुकमा ग्रुप बनाएर चिट चोराउने लोटस इंग्लिश मिडियम हाइस्कुलका प्रधानाध्यापक तपन शर्मा, शिक्षक अफ्ताब खान, ए(वान कन्सल्टेन्सीका सञ्चालक इरफान अलि मिकरानी, दिलीप बिक र सन्तोष नेपालीलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले नेपालगञ्जको जिभिएन स्कुलका विद्यार्थीको मोबाइल नियन्त्रणमा लिएर हेर्दा ह्वाट्सएप र फेसबुक ग्रुपमार्फत चिट चोर्ने गरेको तथ्य फेला पारेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार पक्राउ परेका व्यक्तिहरूले यी ग्रुपमा चिट बनाएर पठाउने गरेका थिए । विज्ञान विषयको प्रश्नपत्र एक जना शिक्षकले ७ बजेर २७ मिनेटमै फोटो खिचेर चिट बनाउने ग्रुपका सदस्यलाई पठाएको पनि भेटिएको छ ।

परीक्षाको मर्यादा विपरीत चिट चोराउने कार्यमा संलग्न देखिएपछि ज्ञानोदय विद्या निकेतन केन्द्रका केन्द्राध्यक्ष गणेश भण्डारीसहितको टिमलाई परिवर्तन गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो । अनुगमन टोलीले ५ थान मोबाइल, एउटा ल्यापटप, गाइड र सोलुसन बुक, केही मोबाइल नम्बर उल्लेख भएको कागजात समेत बरामद गरेको छ ।

चिट चोर्ने व्यवस्था मिलाएर शिक्षक तथा कन्सल्टेन्सीका सञ्चालकले विद्यार्थी र अभिभावकबाट पैसा लिएको हुन सक्ने प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका उनीहरुलाई पाँच दिन म्याद थप गरी अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताउनुभयो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -