Tuesday, November 26, 2024
घरपत्रपत्रिकाश्री एयरले किन्यो दुई सेकेण्ड ह्याण्ड जहाज, दुई घण्टा २२ मिनेट आकाशमै...

श्री एयरले किन्यो दुई सेकेण्ड ह्याण्ड जहाज, दुई घण्टा २२ मिनेट आकाशमै अल्पत्र, यात्रुबीच रुवाबासी

काठमाडौं/ श्री एयरलाइन्सले दुई वटा सेकेण्डह्याण्ड जहाज किनेको छ । दुई अमेरिकी कम्पनीहरुले उडाइरहेको जहाज श्रीले किनेर काठमाडौं ल्याएको हो ।

श्री एयरका अनुसार अमेरिकाको होराइजन एयर र अलास्का एयरले उडाइरहेका २ सेकेण्ड ह्याण्ड जहाज किनेर ल्याइएको हो । दुबै जहाजको सिट क्षमता ८० रहेको छ । श्रीका अनुसार नाइनएन–एओके र नाइनएन–एओएल जहाज क्यानडामा निर्माण भएका हुन् ।

दुईवटा सेकेण्डह्याण्ड बिमान ल्याए लगत्तै विहिबार धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयर लाईन्सको जहाज २ घण्टा २२ मिनेट आकाशमा उडेपछि भैरहवामा आपतकालीन अवतरण गरिएको छ ।

बिहान ७ : १२ बजे धनगढीबाट उडेको श्री एयरको जहाज मौसम खराव भएका कारण काठमाडौं अवतरण गर्न सकेन । आकाशमा अढाई घण्टासम्म उडेको श्री एयरको जहाज काठमाडौं अवतरण गर्न नसकेपछि फर्केर ९ : ३४ भैरहवामा आपतकालीन अवतरण गरेको हो ।

८० सिट क्षमताको जहाजमा दुई बच्चा सहित ७७ जना यात्रु सवार थिए । श्री एयरका धनगढी ईञ्चार्ज गजेन्द्र शाहीले काठमाडौंको आकाश खुलेपछि धनगढीबाट जहाज उडेको बताए । तर काठमाडौंमा जहाज अवतरण गर्ने क्रममा मौसम बिग्रिएपछि जहाज काठमाडौंको आकाशमा होल्ड गरेको र अन्तिममा भैरहवामा अवतरण गरिएको शाहीले बताए ।

अढाई घण्टासम्म जहाज सम्पर्क बिहीन भएपछि जहाजमा रहेका यात्रुका आफन्तहरु आत्तिकएका थिए । ५० मिनेटमा काठमाडौंमा अवतरण हुनुपर्ने जहाज एक घण्टापछि पनि सम्पर्क बिहीन भएपछि त्यसपछि यात्रुका आफन्तहरुले तारन्तार श्री एयरलाईन्समा कल गरेका थिए । धनगढीबाट उडेको जहाजले काठमाडौंको आकाशमा डेढ घण्टाभन्दा बढी फन्को लगाएको थियो ।

यात्रुहरुका अनुसार बिमानस्थलमा अवतरण गर्न जहाजका पांग्रा पनि खुलिसकेका थिए । कोटेश्वर नजिकबाट बिमानस्थल देखिईसकेको थियो । तर जहाज धावनमार्गमा अवतरण नगरी अचानक माथि उड्यो । त्यसपछि भने बिमानमा रहेका यात्रुहरुको रुवावासी चल्यो ।

यात्रुहरु निकै आत्तिएका थिए । यात्रुहरुले बिमान परिचारिकासंग जहाजमा खरावी आएको वा मौसम खरावका कारण अवतरण गर्न नसकिएको हो भन्ने विषयमा जानकारी लिन खोज्दा सही जवाफ नपाएको गुनासो गरेका छन् । जहाजमा रहेकाहरुमा बाँच्ने आशा समेत क्षीण भईसकेको थियो ।

काठमाडौंबाट फिर्ता भएको जहाज धनगढीबाट उडेको झण्डै अढाई घण्टापछि भैरहवामा अवतरण भएपछि पनि जहाजमा रहेका यात्रुहरु रोईरहेका थिए । उनीहरु निकै डराएका थिए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -