काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै बिरोध प्रदर्शन गर्ने नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघका १५ जना कार्यकर्ता पक्राउ परेका छन् ।
गृहमन्त्री लामिछानेको राजीनामा माग्दै प्रदर्शन गर्ने क्रममा निषेधित क्षेत्र तोडेपछि प्रहरीले उनीहरुलाई सिंहदरबार बाहिरबाट पक्राउ गरेको हो ।
नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्री लामिछानेको नैतिकत खै भन्ने प्रश्न गर्र्दै सहकारी पीडितलाई न्यायको माग राखेर प्रदर्शन गरेका छन् ।
सहकारी ठगलाई टुँडिखेलमा राखेर नाकको डाँडी भाँचिनेगरी हान्न मन छ भन्ने उल्लेख गरिएका व्यानर बोकेर नेविसंघका कार्यकर्ताहरुले सिंहदरबारमा प्रदर्शन गरेका थिए ।
सिंहदरवार वरपर निषेधित क्षेत्र घोषणा गरिएको छ ।