२०८२ बैशाख ६ गते, शनिबार ०३:४९

वीरगंज/पर्सा प्रहरीले तस्करीको माध्यमबाट वीरगंज भित्र्याइएका सात लाख ९६ हजार तीन सय ६० रुपैयाँ मूल्य बराबरका लत्ता कपडा, खाद्यान्न एवं केशर बरामद गरेको छ ।

वीरगंज महानगरपालिका भित्र ईनर्वागाउँ, नगवा र छपकैया स्थितबाट विभिन्न किसिमका लत्ताकपडा, खाद्यान्न तथा केशरलगायतका सामग्री अवैध रूपमा भन्सार छली ओसार पसार गर्दै गरेको अवस्थामा बुधवार राती ९:३० बजे नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बिहीबार वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले बताउनु भयो ।

प्रतिक्रिया लेख्नुहोस्