Tuesday, November 26, 2024
घरक्राइम चेकवीरगंज भन्सारमा घुस लिने सशस्त्रका चार प्रहरी गणमा तानिए, इन्स्पेक्टर कसरी जोगिए...

वीरगंज भन्सारमा घुस लिने सशस्त्रका चार प्रहरी गणमा तानिए, इन्स्पेक्टर कसरी जोगिए ?

वीरगंज/वीरगंजको शंकराचार्य गेट नजिकै रहेको भन्सार बीओपीमा ड्युटी खटिएका चार जना सशस्त्र प्रहरीलाई अनियमितताको आरोपमा गणमा छानबिनका लागि तानिएको छ ।
बिहीबार साँझ बीओपी भन्सारको गेटमा तैनाथ चार जना सशस्त्र प्रहरीले घुस लिएको सूचना बिहीबार साँझ १३ नम्बर गण पर्साले पाएपछि एसपी सुमन थपलियाले डीएसपी सुमन थापाको टोली अनुगमनका लागि पठाएका थिए ।
डीएसपी थापाको टोलीले भन्सारमा ड्युटीमा खटिएका सशस्त्र प्रहरीको शरीर खानतलासी गर्दा सूचना अनुसार नै अनियमिततामा संलग्न भएको प्रमाण भेटिएपछि उनीहरुलाई गणमा तानेर छानबिन सुरु गरेको छ । १३ नम्बर गण पर्साले घुसकाण्डमा वीरगंज भन्सार गेटबाट चार जनालाई तानिएको विषय मधेश प्रदेश बाहिनी हुँदै सशस्त्र मुख्यालयमा समेत जाहेर गरिसकेको समाचार छ ।
पर्साको भन्सार बीओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक रविन्द्र भट्ट हुन् । केही महिनाअघि बीओपीको घुसकाण्डको भिडियो नै सार्वजनिक भएपछि भट्टलाई सशस्त्र मुख्यालयमा छानबिनका लागि तानिएको थियो । तर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पीए भानु देउवाको दबाबमा सशस्त्रका आइजीपी राजु अर्यालले उनलाई १५ दिनमै सोही बीओपीमा फर्काएका थिए । घुसकाण्डको भिडियो नै सार्वजनिक भएको अवस्थामा तानिएका भट्टले आइजीपी अर्यालमाथि दबाब दिएर फर्किएपछि उनले तस्करहरुसँग खुलेआम घुस असुली गर्दै संगठनकै बदनाम गराउँदैआएको आरोप लाग्ने गरेको छ । वीरगंज भन्सार बीओपी सशस्त्रको सबैभन्दा आकर्षक मानिन्छ । भानु देउवाकै दबाबमा भट्टलाई त्यहाँ सरुवा गरिएको थियो ।
सशस्त्र प्रहरी बलका यी शक्तिशाली इन्स्पेक्टर रविन्द्र भट्टले आइजीपी अर्यालको निर्देशनलाई समेत चुनौती दिंदै दरबन्दी नै नभएका हवल्दार मधु क्षेत्रीलाई घुमुवा राखेका छन् । सशस्त्र प्रहरीले अर्याल आइजीपी हुनासाथ गतबर्ष बाहिनी, गण र बीओपीमा कार्यरत १ सय ३५ जना घुमुवाहरुलाई हटाई बाहिनी, गण र गुल्ममा सरुवा गरेको थियो । देशभरका सबै घुमुवा हटाइसके पनि भट्टले भानु देउवाको आडभरोसामा संगठनलाई नै चुनौती दिंदै मधु क्षेत्रीलाई राखी अनियमितता गर्दैआएका छन् ।
क्षेत्री काज सरुवा भएको ठाउँमा पनि पनि गएका छैनन् । काजफिर्ता पनि भएको छैन । इन्स्पेक्टर भट्टले उनलाई दरबन्दी नै नभएको र काज फिर्ता पनि नभएको अवस्थामा बीरगंजको भन्सार बीओपीमा राखी तस्करहरुसँग असुलीमा लगाएको आरोप छ । यस सन्दर्भमा सशस्त्र प्रहरी निरीक्षक रवीन्द्र भट्टले चन्द्रसूर्य वाणीसँग कुरा गर्दै आफू विदा गएको मौका छोपेर केटाहरूले बदमासी गरेपछि पूरै टोलीका केही व्यक्ति गण तानिएको भन्दै आफू स्वच्छ र चोखो रहेको दाबी गरे ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -