२०८२ फाल्गुन ८ गते, शुक्रबार ०२:३८

यही व्यवस्थामा सर्वसम्मतिबाट ‘राजा’ लाई राष्ट्रप्रमुख बनाऊँ: डा. पाठक

– चिरञ्जीवी पौडेल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा जारी गरेको सन्देशले राजनीतिको साइडलाइनमा तरंग उब्जेको छ । नयाँ राष्ट्रपति चयनका विषयमा ठूला दलहरूबीच खिचातानी चलिरहेको र बाह्य चलखेलसमेत बढेको बेला पूर्वराजाले दलहरूसँग सहकार्यको आह्वान गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पूर्वराजाको आह्वानमा प्रतिक्रिया दिएका छन् । ओलीले आफ्ना अगाडि दुई-चार सय मान्छेहरू देखेर पूर्वराजा हौसिएको हलुका टिप्पणी गरेका थिए । उनले पत्रकारसँग कुरा गर्दै २४० वर्षमा राजसंस्थाले नेपालमा के गर्‍यो भन्ने प्रश्नसमेत उठाए । नेपालले भने वक्तव्य नै जारी गरेर पूर्वराजाको सन्देश नै अनधिकृत र असंवैधानिक रहेको बताएका छन् ।

त्यसो त पूर्वराजाको हरेक वक्तव्यले राजनीतिक दलहरूलाई अत्याउने र झस्काउने गरेको छ । यसअघि पूर्वराजाले अमूर्तरूपमा वर्तमान राजनीतिक व्यवस्थाप्रति आफ्नो असन्तुष्टि पोख्ने गरेका थिए । यसपालि भने उनले मूर्त र ठोसरूपमै दलहरूसँग सहकार्यको प्रस्ताव राखेका छन् । तर, उनले कस्तो खालको सहकार्य चाहेका हुन् भन्ने स्पष्ट छैन ।

हामीले यस विषयमा पूर्वराजाका प्रमुख संवाद सचिव फणिराज पाठकसँग प्रश्न गर्‍यौं ।

उनले परम्परागत जवाफ दिए, ‘दल र राजा मिल्नुपर्‍यो, देश बनाउनुपर्‍यो । सहकार्य भनेको त्यही नै हो ।’

तर, अहिले देशमा गणतन्त्र छ । अहिलेको संविधानले ‘राजा’ चिन्दैन । पूर्वराजा ज्ञानेन्द्र एउटा आम नागरिकको हैसियतमा छन् । भने, के हैसियतमा उनीसँग दलहरूले सहकार्य गर्न सक्छन् भन्ने प्रश्न उठ्छ । के पूर्वराजाले संवैधानिक राजसंस्थाका रूपमा फेरि आफ्नो स्पेस खोजेका हुन् ?

पाठकले स्पष्ट पारे, ‘दलहरूले आफ्नो स्पेस राखुन् र राजालाई कुनै रूपमा स्पेस दिउन् । २००७ सालजसरी देश अगाडि बढ्नुपर्‍यो । यही नै उत्तम विकल्प हो ।’

पाठकले ठोसरूपमै पूर्वराजा ज्ञानेन्द्रलाई राष्ट्राध्यक्ष बनाउन प्रस्तावसमेत गरे ।

उनले भने, ‘अहिले राष्ट्रपति कसलाई बनाउने भन्नेमा लडाइँ चलिरहेको छ । विदेशीले फलानोलाई बनाऊँ, ढिस्कानोलाई बनाऊँ भनिरहेका छन् । कुनै विदेशीको गुलामलाई राष्ट्रपति बनाउनुभन्दा त राजालाई नै राष्ट्रप्रमुखको भूमिका दिँदा भयो नि ।’

अहिलेको गणतान्त्रिक व्यवस्थामा ‘राष्ट्रप्रमुख’ भनेको राष्ट्रपति नै हो । के यही व्यवस्थालाई स्वीकारेर पूर्वराजाले राष्ट्रप्रमुखको भूमिका लिन तयार होलान् त ?

पाठकले यसमा सकारात्मक संकेत गरे ।

‘सुरूमा त दलहरूबाट प्रस्ताव जानुपर्‍यो, त्यसपछि न कुरा अगाडि बढ्छ । पहिले प्रस्ताव गरुन् । त्यसपछि म खान्न भनेर पक्कै भन्नुहुन्न होला । हाउसले नै राजा ज्ञानेन्द्रलाई राष्ट्रप्रमुखका रूपमा राख्ने भनेर सर्वसम्मत निर्णय गरे भइगयो नि,’ उनले भने ।

पूर्वराजाले आफ्नो वक्तव्यमा देश ओरालो लागेको भन्दै अब मौन बस्न नसक्ने पनि बताएका छन् । यसको अर्थ उनले संविधानमा आफ्नो स्पेस खोज्न कुनै राजनीतिक मूभ लिँदैछन् ?

पाठकले यो सम्भावनालाई पनि नकारेनन् ।

उनी भन्छन्, ‘यत्रो वर्ष पर्खेर सहेर बस्नुभएकै हो । संयम राख्नुभएकै हो । दलहरूले साह्रै पेल्ने हो भने उहाँले पनि आफ्नो स्पेसका लागि केही नगरी बस्नुहोला र ?’

तर, पूर्वराजाले कस्तो मूभ लिन सक्छन् भन्नेमा उनले केही बताएनन् ।

‘राजाले आफ्नो स्ट्रेटिजी सबै हामीलाई पनि भन्नुहुन्न नि,’ पाठकले भने ।

पूर्वराजाले यसअघि दोस्रो जनआन्दोलनका बेला आफूसँग भएका सहमति पालना नगरेर दलहरूले धोकाधडी गरेको आरोप लगाउँदै आएका छन् । दलहरूले चाहीँ त्यस्तो कुनै समझदारी नभएको दाबी गरेका छन् ।

पूर्वसचिव पाठक दलहरू र राजाबीच राजसंस्थालाई स्पेस दिएर देशमा प्रजातन्त्र बहाली गर्ने सहमति भएको बताउँछन् ।

‘त्यो लिखितरूपमा थिएन । राजाले कसैसँग लिखित सहमति गर्ने कुरा पनि हुँदैन । पाँचवटा बुँदामा भद्र सहमति भएको थियो । तर, त्यसमा दलहरू इमान्दार भएनन्,’ उनले भने ।

यतिबेला राजसंस्थाको वकालत गर्दै अगाडि आएका भुरेटाकुरे शक्तिहरू थुप्रै छन् । तर, निर्णायक ढंगले राजसंस्थाको मुद्दालाई कुनै भरपर्दो शक्ति नहुँदा पनि पूर्वराजा आफैं अग्रसर भएको देखिन्छ । दलहरूले चाहे आफ्ना प्रतिनिधिहरूमार्फत संवाद अगाडि बढाउने उनको मनस्थिति छ ।

पाठक भन्छन्, ‘राजाले आफ्ना प्रस्ताव राखिदिनुभएको छ । अब यसलाई कसरी लिने दलहरूको कुरा हो । समयको माग अनुसार चल्नुपर्छ । यो देशलाई बचाउने हो, नेपाल देशको अस्तित्व राख्ने हो भने दल र राजा मिल्नुपर्छ ।’

पाठक भन्छन्, ‘आफ्नो दुनो सोझ्याउनका लागि राजसंस्थाको पसल थाप्नेहरूसँग कुनै आशा छैन । मुख्य कुरा भनेको तीन प्रमुख दल र राजा मिल्नु नै पर्छ । अन्यथा देशी-विदेशीको चंगुलमा पर्नबाट कसैले रोक्न सक्दैन ।’

अन्तिममा फेरि सोधियो, ‘अहिलेकै गणतन्त्र स्वीकारेर राष्ट्रपति बन्न अफर आयो भने पूर्वराजाले स्वीकार्नुहोला ?’

पाठकले जवाफ दिए, ‘सुरूमा प्रस्ताव त आउनुपर्‍यो । दलहरू पहिलेजसरी सहमतिमा बेइमान बन्नु भएन । छक्याउने काम गर्नुभएन । त्यो भयो भने कुरा अगाडि बढिहाल्छ नि । राजाले कसैलाई छक्याउनुहुन्न । उहाँ जे भन्नुहुन्छ, त्यही गर्नुहुन्छ ।’ साभार: नेपालप्रेस

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d slot gacor carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 alus4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d sritoto relic88 slot88
zeonslot bendera62 djarum4d m77 andara88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM