Tuesday, November 26, 2024
घरक्राइम चेकदोहरो नागरिक बच्चा सोनारका छोरा लागुऔषधसहित पक्राउ

दोहरो नागरिक बच्चा सोनारका छोरा लागुऔषधसहित पक्राउ

वीरगंज/दोहोरो नागरिकताको अभियोग लागेर गृहमन्त्रालय तथा सम्पत्ति शुद्धीकरण बिभाग ललितपुरमा विचाराधीन अवस्थामा रहेका मुद्दाका रामनरेश साह सोनार भन्ने बच्चा सोनारको कान्छो छोरा सुनिल कुमार सरार्फ लागुऔषधसहित पक्राउ परेका छन् ।

प्राप्त खबर अनुसार प्रहरी चौकी इनर्वाले शुक्रवार नियमित चेकजाँचको क्रममा रक्सौलबाट वीरगंज तर्फ आउँदै गरेका सुनिल कुमार सर्राफलाई ठूलो परिमाणमा प्रतिबन्धित लागु औषध नाइट्रोभेट ट्याबलेटसहित पक्राउ गरेको थियो। पक्राउ परेका सर्राफलाई वडा प्रहरी कार्यालय बिर्ताले लागु औषध सम्बन्धी मुद्दा चलाएर जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएपनि हालसम्म जिल्ला प्रहरी कार्यालयले सार्वजनिक नगर्दा त्यहाँ भित्र ठूलो चलखेल भैरहेको आशंका गरिएको छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -