Wednesday, February 5, 2025
घरसमाचारओली र प्रचण्डबीच मतभेद शुरू

ओली र प्रचण्डबीच मतभेद शुरू

काठमाडौं । नेकपा(माओवादी केन्द्र)को जारी स्थायी समिति बैठकमा वर्तमान सत्ता साझेदार प्रमुख दल एमालेसँगको मतभेदबारे अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि ब्यक्त गरेका छन् ।

उनले बैठकमा गएको माघ ५ गते सदनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको बचाउ गरिएकोप्रति असन्तुष्टि जनाएका हुन् ।

विहिवारबाट पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा जारी स्थायी समित बैठकमा प्रचण्डले ओलीसँगको मतभेदबारे स्थायी समिति सदस्यसमक्ष खुलाशा गरेका थिए ।

बैठकमा सहभागी एक स्थायी समिति सदस्यका अनुसार संसद विघटनको बचाउ गर्दै ओलीले राजनीतिक रुपमा आफू सहि साबित हुने प्रयत्न गरेकोमा प्रचण्डले असन्तुष्टि जनाएका हुन् ।

संसद विघटनको सत्ता गठबन्धनभित्र राजनीतिक बहसको विषय नबनाउने पूर्वसहमति विपरीत ओलीले बचाउ गरेको भन्दै प्रचण्डले असन्तुष्टि ब्यक्त गरेका हुन् ।

पुष १० गते अप्रत्याशित रुपमा एमालेको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्ड यसअघि ओलीले गरेको संसद विघटनलाई प्रतिगमनको आरोप लगाउँदै आएका थिए ।

यस्तै प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने भन्दै सर्वसम्मत ब्यक्तिलाई बनाउनुपर्ने धारणा राखेको ती स्थायी समिति सदस्यको भनाइ छ ।

जारी स्थायी समिति बैठक भोलि बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने बताइएको छ । साभार:डीसी नेपाल

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -