२०८१ चैत्र २१ गते, बिहीबार ०१:२१

वेबसाइटमा निर्माण कार्य भइरहेको छ । साइट भिजिट गरिरहनु होला । धन्यवाद

भारतको प्रवासी सम्मेलनमा भाग लिएका अमित चौधरी भारतीय हुन् कि नेपाली ?

वीरगंज/चौधरी टायर्सको संचालक ओम प्रकाश चौधरीका छोरा अमित कुमार चौधरीले पत्रकारहरूलाई दुरूपयोग गरि भ्रामक समाचार सम्प्रेषण गर्न लगाई आफ्नो पिठ्यूँमाथि आफैँ धाप मार्दै हिंडेका छन्।

अमितले जनवरी ८,९,१०तारीख मा भारतको इन्दौरमा आयोजित १७ औँ प्रवासी भारतीय सम्मेलनमा सहभागी भएको र आफू भारतीय दूतावाससँग नजिक रहेको बताउँदै हिंडिरहेका छन्।

नेपाली नागरिक रहेका ओम प्रकाश चौधरीका छोरा अमित चौधरी कसरी भारतीय प्रवासी सम्मेलनमा भाग लिन गएको बारे हामीले अमितसँग बुझ्ने धेरै पटक उनले प्रयोग गर्दै आएको मोबाइलमा फोन गऱ्यौँ, तर उनले फोन उठाएनन्। हिजो बुधबार पुनः एक पटक फोन गर्दा फोन उठ्यो, फोन उठाउनेले आफुलाई अमितको भतीज बोलेको तर आफ्नो नाम बताएनन्।”तपाईको काका अमित भारतीय हुन् कि नेपाली ? “भनि सोध्दा आफुलाई थाहा नभएको बताए।

आज बिहिवार बिहान भारतीय महावाणिज्य दूतावासद्वारा वीरगंजमा ७४औँ गणतन्त्र दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उपस्थित भएर “बन्दे मातरम्…”गाइरहेको अमित चौधरीको राष्ट्रियता परीक्षण गर्नु पर्ने भएको छ।

प्रतिक्रिया लेख्नुहोस्