२०८१ चैत्र २४ गते, आईतवार ११:३२

वीरगंज/प्रहरीले सात किलो गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीले पर्सा कालिकामाई गाउँपालिका–१ मुडलीस्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा गााँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बिहारको गोपालगञ्ज जिल्लाका ५५ वर्षीय शम्भु सहनी रहेका छन्। सहनी सवार रहेको बीआर २८ के ४९१९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सिटमुनि फल्स बटम लगाएर लुकाएको अवस्थामा सात किलो गाँजा प्रहरीले बरामद गरेको थियो।

पक्राउ परेका सहनीलाई लागुऔषधसम्बन्धी कसूरमा अदालतबाट चार दिनको म्याद थप गराइ आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढ़ाथोकीले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्