वीरगंज। स्थानीय महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले वीरगंज महानगरपालिका वडा नं. ६ मा वीरगंज-६मा महिला उद्यमशीलता अभिमूखिकरण तालिम संचालन गरिएको छ ।
वीरगंज मनपा वडा नं.६ को आर्थिक सहयोगमा आमा नेपाल फाउण्डेसनको आयोजनामा शुरु भएको सो तालिम एक समारोह बीच बिहीबार वडाध्यक्ष जय प्रकाश शाह अग्रवालले उद्घाटन गर्नु भयो ।
तालिममा सहभागी वडाका महिलाहरुलाई वडाध्यक्ष अग्रवालले शीपमूलक तालिमबाट आयमूलक एवं स्वरोजगार र आत्मनिर्भर हुन अभिप्रेरित गर्ने हुँदा सबैले लगनशीलताका साथ तालिममा सहभागी भएर शीप सिक्नुपर्नेमा वडाध्यक्ष अग्रवालले जोड दिनु भएको थियो ।
तालिमको पहिलो दिन करिब २० जना भन्दा बढी महिलाले सहभागिता जनाएका थिए । वडाले निकट भविष्यमै महिलाहरुकै लागि ब्यूटिशियन तालिमलगायतका आयआर्जनकालागि शीप मूलक कार्यक्रम संचालन गर्ने वडाध्यक्ष अग्रवालले बताउनु भयो ।