परासी । सशस्त्र प्रहरी बल नवलपरासीको टाेलीले भारत तर्फ लैजादै गरेका चार महिलाको उद्वार गर्न सफल भएको छ । सात गते शुक्रबार पश्चिम नवलपरासी सरावल गाउँ पालिका सात भुजहवा नाकाको प्रयोग गरि चार जना पुरूषहरूले आफ्नो साथमा लिई भारत तर्फ लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरीले भारतीय सशस्त्र सीमा बलकाे सहयोगमा चार महिलालाई साेधपुछ गर्दा बेचबिखनकाे आंशका देखिएपछि लैजाने चार पुरूष सहितलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र कार्वाहीकाे लागि इलाका प्रहरी कार्यालय महेशपुरकाे जिम्मा लगाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
सशस्त्र प्रहरीद्वारा चार महिलाको उद्धार
अर्को के पढ्ने...