२०८१ चैत्र २४ गते, आईतवार १४:२९

वीरगंज/ नेपाल राष्ट्रवाद संघले नेपालको संविधान २०७२लाई “कालो संविधान”को संज्ञा दिंदै संविधानको प्रतिलिपि तथा प्रधानमन्त्री शेर बहादुर देऊवाको पुतला दहन गरेको छ।

संघका पर्सा जिल्ला अध्यक्ष संगीता देवी शाहको अध्यक्षतामा भएको सो विरोध कार्यक्रममा संविधान २०७२को प्रतिलिपि, प्रधानमंत्री शेर बहादुर देउवा, पूर्व प्र.म.हरू  केपी शर्मा ओली, माधव नेपाल, प्रचण्डलगायतको पुतला दहन गरिएको थियो।

संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहले वक्तव्य जारी गर्नु हुँदै,- “आज नेपाल र नेपालीको कालो दिन! कालो दिन स्थापना गर्ने राक्षसहरुको पुतला दहन नेपाल र नेपालीलाई विश्वले दिएको उपाधि सनातन हिन्दु अधिराज्यलाई धर्मनिरपेक्ष गर्ने पापीहरूको पुतला दहन – विश्वहिन्दु सम्राट (राजा) लाई सिंगासनबाट उतारेर राक्षसहरुले राज्य गर्दैछन् – तर भगवान विष्णु को सुदर्शन चक्र उठछ ! र राक्षसहरुको घाटी काटिन्छ ? र रामराज्य स्थापना हुन्छ । आज होइन भोली हुन्छ, भोली होइन- परसिनिश्चित हुन्छ” भनेका छन्।

वीरगंजको अलौ स्थित आइसीपी चौकमा भएको सो विरोध कार्यक्रममा संघका संतोषकुमार गुप्तालगायत विभिन्न सदस्य पदाधिकारीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

शुद्ध भन्छन्, हड्डी खुवाउँछन्! — जिम्बू थकालीको गम्भीर लापरवाही, शाकाहारी ग्राहकलाई दालमा चिकेनको हड्डी

काठमाडौं, नयाँ बानेश्वर — राजधानीको प्रतिष्ठित भनिएको “जिम्बू थकाली” रेष्टुरेन्टमा

शुद्ध भन्छन्, हड्डी खुवाउँछन्! — जिम्बू थकालीको गम्भीर लापरवाही, शाकाहारी ग्राहकलाई दालमा चिकेनको हड्डी

काठमाडौं, नयाँ बानेश्वर — राजधानीको प्रतिष्ठित भनिएको “जिम्बू थकाली” रेष्टुरेन्टमा