२०८१ चैत्र २४ गते, आईतवार १७:२५

वीरगंज/ मधेसी जनअधिकार फाेरम मधेसले संविधान दिवसका दिन साेमबार वीरगंजमा नेपालकाे संविधान २०७२ काे प्रतिलिपी दहन गरेकाे छ ।

संविधान जारी भएकै दिन २०७२ असाेज ३ गतेलाई कालाे दिनकाे रुपमा मनाउदै आएकाे मधेसी जनअधिकार फाेरम मधेसले यश बर्ष पनि साेमबार वीरगन्जमा नेपालकाे संविधान २०७२ काे प्रतिलिपी जलाएर प्रदर्शन गरेकाे हाे ।

मधेसी जनअधिकार फाेरम मधेसका राष्ट्रिय अध्यक्ष भाग्यनाथ गुप्ताकाे नेतृत्वमा रहेका उक्त पार्टीका नेता कार्यकर्ताहरुले घणटघर चाेक नजिकै प्रदर्शन गर्दै संविधानकाे प्रतिलिपी जलाएका हुन् ।

मधेसी जनताकाे चाहना विपरित शासकले बन्दुककाे बलमा मधेस विराेधी संविधान जारी गरेकाले मधेसी जनअधिकार फाेरम मधेसले याे संविधान पुनर्लेखनकाे माग गर्दै आएकाे छ । संविधान पुनर्लेखन गरि समग्र मधेश एक स्वायत प्रदेश, आत्मनिर्णयकाे अधिकार, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, भौगोलिक भाषिक सांस्कृतिक एकरुपताका अाधारमा निर्वाचन क्षेत्र निर्धारण नभए सम्म मधेसी जनअधिकार फाेरमले संघर्ष गरिरहने अध्यक्ष गुप्ताकाे भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस्

शुद्ध भन्छन्, हड्डी खुवाउँछन्! — जिम्बू थकालीको गम्भीर लापरवाही, शाकाहारी ग्राहकलाई दालमा चिकेनको हड्डी

काठमाडौं, नयाँ बानेश्वर — राजधानीको प्रतिष्ठित भनिएको “जिम्बू थकाली” रेष्टुरेन्टमा

शुद्ध भन्छन्, हड्डी खुवाउँछन्! — जिम्बू थकालीको गम्भीर लापरवाही, शाकाहारी ग्राहकलाई दालमा चिकेनको हड्डी

काठमाडौं, नयाँ बानेश्वर — राजधानीको प्रतिष्ठित भनिएको “जिम्बू थकाली” रेष्टुरेन्टमा