Thursday, November 28, 2024
घरक्राइम चेकसशस्त्र र नेपाल प्रहरीको संरक्षणमा पर्साको सबै नाकाबाट तस्करीको लाईन खुल्ला

सशस्त्र र नेपाल प्रहरीको संरक्षणमा पर्साको सबै नाकाबाट तस्करीको लाईन खुल्ला

क्राइमचेक प्रतिनिधि/
वीरगंज, १ भाद्र/ भारतसंग सीमा जोड़िएको पर्साको वीरगंज महानगर क्षेत्रभित्र प्रत्येक १ किलोमीटर दूरिमा नेपाल प्रहरीको चौकी, चेक पवाइन्ट छ भने लगभग तीन किलोमीटर क्षेत्रभित्र सशस्त्र प्रहरीको चेक पोईन्ट र बिओपी स्थापित छन्। त्यत्ति मात्र नभई यी दुबै प्रहरी संगठनको छुट्टाछुट्टै नाम र समूहमा घुमुवा परिचालित छन्। नेपाल प्रहरीको टाइगर टोली, क्राइम टोली, सिभील घुमुवा छ भने सशस्त्र प्रहारीबाट पनि छुट्टै टीम परिचालित छन्।
यी दुबै संगठनबाट परिचालित प्रहरी कर्मचारीहरुले जिल्ला स्थित प्रहरी प्रमुखदेखि प्रदेश मुख्यालय र प्रधान कार्यालयका अधिकारीसम्मको लागि भनेर सेटिंग मिलाएपछि यतिखेर पर्साको सबै नाका तस्करहरूको लागि खुल्ला गरिएको छ।
भारतको सीमासंग जोडिएको पर्साको विभिन्न नाकाबाट अहिले व्यापक तस्करी भईरहेको पाईएको छ । खुल्ला सीमानाकाको फाईदा उठाउँदै तस्कर र प्रहरीको मिलेमतोमा पर्साको सदमुकाम वीरगंजदेखि ग्रामिण भेगसम्मको नाकाबाट व्यापक तस्करी भईरहेको पाईएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, हेक्वा पर्साका सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेल र सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत र मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षकसमेतको मिलेमतोमा पर्साबाट व्यापक तस्करी भईरहेको छ ।
वीरगंजको मुख्यनाकाबाट लत्ताकपडा र हार्डवेयरको तस्करी भईरहेको छ भने पर्साको ग्रामिण भेगबाट मरिच, मटर, हार्डवेयर, लताकपडा, कुखुराको चल्ला र भैसीहरुको तस्करी भईरहेको छ ।
वीरगंज भन्सारको मुख्य नाकाबाट तबारक मियाँ र आकाश वर्णवाल नामक तस्करहरुले दिउसो महिला र करिब २० जनाको साईकल समुहमा र ई–रिक्सामार्फत हार्डवेयरका सामान र कपडाको तस्करी गरिरहेका छन् । भन्सार छली गरि ल्याईएको हार्डवेयर र लताकपडामा मनग्य आम्दनी हुने हुँदा तस्कर गिरोहले प्रहरी प्रशासनलाई नै मिलाएर अबैध रुपमा हार्डवेयर र लत्ताकपडा नेपाल भित्र्याईरहेका छन् ।
यस्तै, पर्साको भिस्वानाकाबाट मुन्ना जयवालको दैनिक लाखौंको अबैध कारोबार भईरहेको छ । पर्साको पश्चिमी ग्रामिण भेगमा पर्ने भिस्वा नाकाबाट मुन्ना जयसवालको मरिच, छोहडा, केराउ(मटर), चाईनिज स्याउ लगायत विभिन्न कष्मेटिक सामानहरुको नेपाल–भारत तर्फ तस्करी भईरहेको छ ।
यस्तै, प्रसौनीभाठ्ठाबाट र खेस्राहाबाट दिनहु भैसी र कुखुराको चल्लाको तस्करीको लाईन खुलेको छ । दिनहु दिउँसो छिटपुट दुई/तीन वटा भैंसी आए पनि रातीको समयमा प्रसौनीभाठ्ठा र खेस्राहा नाकाबाट रातभरी कपडा, राँगा भैसी, कुखुराको चल्ला लगायतको तस्करी भईहेको छ । भैसी तस्कर अली अहमद, कुखुरा तस्कर अनुप साह तुरहासंग डिआईजी र एसपीको महिनावारी तय भएपछि तस्करीको लाईन खुलेको प्रहरी स्रोतले नै जनाएको छ ।
भारतबाट तस्करी भई ल्याईएको कुखुराको चल्ला पर्सामा संचालन रहेको विभिन्न कुखुरा फर्महरुमा जानेको गरेको छ ।
यस्तै, तस्करी गरि आएको भैसी पर्साको परवानीपुर र जगरनाथपुर बजारमा जानेको गरेको छ भने भारतबाट तस्करी भई आएको कपडा वीरगंज ल्याई यहाँबाट बाहिर पठाउने गरिएको स्रोतले जनाएको छ ।
नेपालभन्दा भारतमा लता कपडा र हार्डवेयर धेरै नै सस्तो पाईने हुँदा तस्करी अहिले व्यापक तस्करी भईरहेको छ ।
भैसीको क्वारेन्टाईन भएपछि भन्सार गर्नुपर्ने हुँदा कुखुराको चल्ला र भैसी तस्करहरुले सशस्त्रका डिआईजी र एसपीलाई नै मिलाएर भन्सार छली गरि तस्करी गरिरहेका छन् ।
त्यस्तै पर्साको अमरपट्टी नाका पनि तस्करहरूको लागि सबभन्दा सुगम नाका मध्येको एक बनाउन सशस्त्र प्रहरी नायब निरीक्षक इन्द्रनारायण चौधरीले राम्रो भूमिका खेलिरहेका छन्।
तस्करसँग राम्रोसंग सेटिंग मिलाई माथिल्लो दर्जाका हाक़िमहरूलाई “खुशी पार्न” महारथ हासिल गरेका सशस्त्र प्रहरी नायब निरीक्षक चौधरी बोर्डर आउट अमरपट्टी, इटियाहीको दुई चोटी प्रमुख भएर काम गर्ने मौका सोही खूबीका कारण पाएको सशस्त्र प्रहरीहरू नै बताउँछन्।
त्यस्तै पर्साको वीरगंज भंसार, इनर्वा नाका गाउँबाट तस्करी लगायतको काममा सहज पारिदिन वीरगंज भंसार स्थित सशस्त्र प्रहरी बलका प्रमुख प्रहरी निरीक्षक, प्रहरी चौकी इनर्वाका प्रहरी नायब निरीक्षक र प्रहरी चौकी इनर्वा गाउँका सहायक प्रहरी निरीक्षकले सहज पारीदिएपछि सो नाकाबाट अनिल, गजानन, शत्रुघ्न, जयलाल, शेखावत लगायतले कपड़ा, हार्डवेयर, मोटर र कम्प्यूटर पार्ट्स लगायतको तस्करी गर्ने लाईन पाएका छन्।
पर्साबाट सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरकालागि जिल्ला प्रशासन कार्यालय स्थित सशस्त्र प्रहरी पोस्टमा ड्यूटी राखेका वाशिष्ट पटेल र अमृत दुबे, बोर्डर आउट पोस्ट पकाहा मैनपुरमा बसेर राजकुमार पटेल,
सुदर्शन बैठा र प्रमोद बैठाहरुले जिल्लाका तस्करहरूसँग सेटिंग गरेर लाईन दिने गरेको स्रोतले जनाएको छ ।
त्यस्तै नेपाल प्रहरीको पर्सा जिल्ला प्रमुख, मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी र प्रहरी महानिरीक्षकसम्मको लागि पर्सा प्रहरीको क्राइम टोली, टाइगर टोली, १०औ वर्षदेखि पर्सामै कार्यरत केहि घुमुवा, वडा प्रहरी कार्यालय विर्तामा कार्यरत घुमुवा प्रहरी उमेश यादव, इलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत घुमुवा श्रीलाल महतो लगायतका प्रहरी कर्मचारी परिचालित छन्।
आपराधिक क्रियाकलाप नियन्त्रण, सीमा रक्षा र देशको राजस्व चुहावट नियन्त्रणका लागि परिचालित संगठनबाट नै यस किसिमको तस्करी र अवैध क्रियाकलापलाई प्रोटेक्शन हुनु अत्यन्त दुःखद विषय भएको स्थानीयबासीहरू बताउँछन्।
क्राइमचेक साप्ताहिकमा २०७९ भदौ ०२ गते बिहीबार प्रकाशित
अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -