Thursday, November 28, 2024
घरसमाचारवीरगंजमा अहिलेसम्मकै उच्च तापक्रम

वीरगंजमा अहिलेसम्मकै उच्च तापक्रम

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ०४ वैशाख ।
वीरगंजमा गर्मी उच्च हालसम्मकै बिन्दुमा पुगेको छ ।
आइतबार दिउँसो ३:०० बजे मापन गरिएको वीरगंजको तापक्रम ४४ डिग्री सेल्सियस मापन गरिएको छ ।

वीरगंजको लागि यो रेकर्ड हालसम्मकै उच्च रहेको बताइन्छ ।

सर्वाधिक गर्मीका साथै तातो हावा (लु) चल्न थालेपछि यहाँको जनजीवन उकुसमुकुस बनेसँगै गर्मी छल्न प्रयोग गरिने विद्युतीय सामग्रीको व्यापार वीरगंजमा ह्वात्तै बढेको छ । गर्मी बढेसँगै चिसो राख्ने आवश्यक समान किन्न बजार धाउनेहरुको सङ्ख्या बढ्न थालेको छ । गर्मी बढेसँगै विद्युतीय सामग्रीप्रति उपभोक्ताको आकर्षण बढ्दो छ ।

गर्मीबाट बच्न उपभोक्ताहरु पङ्खा, एसी, कुलरलगायत विद्युतीय सामग्रीप्रति आकर्षित बनेका छन् । त्यसैले पनि यसको व्यवसायमा सक्रियहरुलाई यतिबेला भ्याइनभ्याई छ । चैत्रको शुरुआतदेखि नै बढेको पङ्खा, एसी, कुलरको व्यापार वैशाख महिनाको अन्तिमसम्म आइपुग्दा दोब्बरले बढेको छ । अझै पङ्खा, एसी, कुलरलगायत विद्युतीय सामग्रीको व्यापारमा वृद्धि हुने व्यवसायीहरुको विश्वास छ ।

वीरगंजको माइस्थानमा रहेको एक इलेक्ट्रोनिक्स पसलका सञ्चालकका अनुसार गर्मी बढेसँगै गर्मीका समयमा प्रयोग गरिने विभिन्न घरायसी विद्युतीय सामग्रीहरुको व्यापार बढेको छ । गर्मीमा प्रयोग गरिने पङ्खा, एसी, कुलरलगायत सामग्रीहरुको माग बढ्दै गएको इलेक्ट्रॉनिक सामग्रीका बिक्रेताहरू बताउँछन् ।

बजारमा एलजी, सामसुङ ब्राण्डका साथै भारतीय ब्राण्डका पङ्खा, कुलर, एसीजस्ता सामग्रीहरुको माग बढी भएको उनले बताए । उनको पसलबाट पछिल्लो एक सातायता यस्ता सामग्रीहरुको दैनिक बिक्री सङ्ख्या तुलानात्मक रुपले बढेको पाइएको छ । “गर्मी बढेपछि औसत व्यापार हुने भए पनि केही दिनयता गर्मी छल्न प्रयोग गरिने घरायसी सामग्रीहरुको खपत बढेको छ ।”

वीरगंज स्थित भरत दही एण्ड स्वीट्सका सञ्चालक उमेश साह कानुले गर्मी अत्यधिक बढ़ेका कारण वीरगंजमा लामखुट्टेको प्रयोग बढ्दै गएको गएको बताउनु भयो । उनले गर्मी बढ़ेसँगै नेपाल विद्युत प्राधिकरणले बिनासूचना बेला नकुबेला बत्ती काट्न थालेपछि आफ्नो पसलमा रहेको स्टेबलाइजर-१, ईन्भर्टर-१, सिलिङ पंखा-१ र स्टैंड फैन-१ पड़केर बिग्रिएको बताए ।

त्यस्तै गर्मी बढ़ेसँगै चिसो पेय पदार्थको बिक्री अनुपात पनि बढ़ेको पाइएको छ । लस्सी, कोक, फेंटा, रियल जूस, फ्रेस जूस, सत्तू, कागती पानी, आइसक्रीम, मकटेललगायतको चिसो पेय पदार्थको बिक्री पनि निकै बढेको पाइएको छ ।

अन्य ब्यापार व्यवसायमा भनें गर्मीका कारण मन्दी छाएको छ । दिउंसो चर्को घाम र गर्मीका कारण उपभोक्ताहरू बाहिर निस्किन कम कमगरेपछि व्यापार व्यवसायमा मन्दी छाएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -