चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ३ वैशाख/ पर्सामा गठबन्ध गरेर चुनाव नलड्ने नेपाली काँग्रेस र जनता समाजवादी पार्टीबीच सहमति भएको छ ।
शनिवार नेपाली काँग्रेस र जसपाबीच बसेको बैठकले आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनमा पर्साको १४ वटै स्थानीय तहमा मित्रवत प्रतिस्पर्धा गर्ने तर गठबन्धन नगर्ने निर्णय गरेको छ ।
बैठकपछि नेपाली काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री र जनता समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष राम नरेश यादवद्वारा संयुक्त रुपमा जारी वक्तव्यमा सो क़ुरा उल्लेख गरिएको हो ।
हेर्नुस संयुक्त वक्तव्य